MENU

खेल

Ncell Axiata
USAID

रोनाल्डोका लागि जित्यौं–पेपे

असार २७ – युरोकपमा पोर्चुगलको जित घाइते भएका रोनाल्डोका लागि रहेको पोर्चुगलका डिफेन्डर पेपेले बताएका छन् । पेरिसमा भएको फाइनलमा २५ औं मिनेटमा कप्तान घुँडाको चोटका कारण रुँदै मैदानबाट बाहिरिएका थिए । फ्रान्सका दिमित्री पेयटसँगको ट्याकलको क्रममा रोनाल्डोको घुँडामा चोट लागेको थियो । तर पोर्चुगलले अतिरिक्त समयमा गोल गर्दै फ्रान्सलाई १–० ले हरायो र पहिलो पटक मुख्य अन्तर्राष्ट्रिय उपाधि उचाल्यो । पेपेले भने ‘हाम्रो मुख्य मान्छे रोनाल्डोलाई गुमाउनु किनै दुर्भाग्य पूर्ण थियो, जसले कुनै पनि समय गोल गर्न सक्थ्यो ।’ रियल मड्रिडमा पनि सँगै खेल्ने पेपेले भने ‘यो जित रोनाल्डोका लागि हो ।’ पोर्चुगलबाट कीर्तिमानी एक सय ३३ खेल खेलेका रोनाल्डोले ६१ गोल गरेका छन् । उनी पोर्चुगलका सर्वाधिक गोलकर्ता हुन् । उनले अहिलेसम्म क्लब फुटबलमा प्रयाः सबै उपलब्धि हाँसिल गरेपनि राष्ट्रिय टिमबाट उपाधि जित्न सकेका थिएनन् । तर यो युरोकपले रोनाल्डोको त्यो कमि पनि पूरा गरेको छ ।

– एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया