MENU

खेल

Ncell Axiata
chhaka panja

ठूलो अवसर खेर फाल्यौं–फ्रान्स प्रशिक्षक

असार २७ – फ्रासका प्रशिक्षक डिडिएर डेसच्याम्पसले आफूहरुले युरोकप फुटबलको उपाधि जित्ने ठूलो मौका गुमाएको बताएका छन् । फ्रान्स युरोकपको फाइनलमा पोर्चुगलसँग अतिरिक्त समयमा १–० ले पराजित भयो । २५ औं मिनेटमा कप्तान क्रिष्टियानो रोनाल्डो खेल्न नसके पनि पोर्चुगलले फ्रान्सलाई हराएर उपाधि उचाल्यो । फ्रान्सका प्रशिक्षक डेसच्याम्पसले भने ‘हामी केही थाकेका थियौं, तर यो हारको आलोचनाबाट जोगिने कारण भने होइन, हामीले राम्रो अवसर गुमायौं ।’ सानो कमजोरीका कारण ठूलो असफलता हात लागेको उनको भनाई छ । सन् १९८४ र २००० को विजेता घरेलु टोली फ्रान्सले राम्रा अवसर बनाएपनि गोल गर्न भने सकेन । एन्टोनी ग्रिजम्यानले दुई पटक गरेको प्रहार पोर्चुगलका गोलरक्षकले जोगाए । उनले भने ‘हामीले गोल गर्ने राम्रा अवसर बनायौं, तर पोर्चुगल सीमित अवसरमै गोल गर्न सफल भयो ।’ आफूहरुले सबै चिज नगुमाएको तर गोल गर्ने केही राम्रा अवसर गुमाउँदा ठूलो असफलता व्यहोरेको प्रशिक्षक डेसच्याम्पसले बताए । 

– एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया