MENU

खेल

Ncell Axiata
USAID

रोनाल्डोलाई उछिने सान्चेजले

असार २७ – पोर्चुगलका रेनाटो सान्चेज युरोकप फुटबलको फाइनल खेल्ने सबै भन्दा कम उमेरका खेलाडी बनेका छन् । उनले पोर्चुगलकै कप्तान क्रिष्टियानो रोनाल्डोले १२ वर्ष अघि बनाएको कीर्तिमान भंग गरेका हुन् । आइतबार राति पेरिसमा भएको फाइनल खेल्दा उनी १८ वर्ष तीन सय २८ दिनका थिए । रोनाल्डो १२ वर्षअघि सन् २००४ को युरोकपको फाइनल खेल्दा १९ वर्ष एक सय ५० दिनका थिए । उनी युरोकप जित्ने सबै भन्दा कम उमेरका खेलाडी पनि भएका छन् । तर गोल पनि गर्ने र उपाधि पनि जित्ने कम उमेरका खेलाडीको कीर्तिमान भने इटालीका पिएट्रो एनास्टासी नाममा छ । 

युरोकप फाइनल खेल्ने कम उमेरका खेलाडी 

  • १) रेनाटो सान्चेज (पोर्चुगल)–१८ वर्ष ३२८ दिन (पोर्चुगल भर्सेस फ्रान्स, २०१६)
  • २) क्रिष्टियानो रोनाल्डो (पोर्चुगल)–१९ वर्ष १५० दिन (पोर्चुगल भर्सेस ग्रिस, २००४)
  • ३) एनाटोली बेडास्नी (सोभियत युनियन)–१९ वर्ष २६२ दिन (सोभियत युनियन भर्सेस पश्चिम जर्मनी, १९७२)
  • ४) जोभान एकिमोविच (युगोस्लाभिया)–१९ वर्ष ३५४ दिन (इटाली भर्सेस युगोस्लाभिया, १९६८)
  • ५) पिएट्रो एनास्टासी (इटाली)–२० वर्ष ६३ दिन (इटाली भर्सेस युगोस्लाभिया, १९६८)

– स्रोत : युइएफए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया