MENU

खेल

Ncell Axiata
sagun

पोर्चुगलले पायो ३ अर्ब पुरस्कार

काठमाडौं, असार २७ – युरो कपको उपाधि जितेको पोर्चुगलले उपाधि सँगसँगै मोटो रकम पनि हात पारेको छ । युइएफएले घोषणा गरे अुनसार पोर्चुगलले २ करोड ५५ लाख युरो अर्थात २ अर्ब ९९ करोड ८८ लाख ८० हजार रुपैयाँ पुरस्कार पाएको छ । चार वर्षअघिको युरो कप जित्ने स्पेनले २ करोड ३० लाख युरो हात पारेको थियो । 

युइएफएले तयारी खर्च ८० लाख पाउण्ड, उपाधि जितेकोमा ८० लाख पाउण्ड, सेमिफाइनल पुगेकोमा ४० लाख पाउण्ड, क्वाटर फाइनल पुगेकोमा २५ लाख पाउण्ड, प्रिक्वाटर फाइनल पुगेकोमा १५ लाख पाउण्ड, समूह चरणको खेल जितेकोमा १० लाख पाउण्ड र बराबरी गरेकोमा ५ लाख पाउण्ड दिने घोषणा गरेको थियो । युइएफएले युरो कपमा सहभागी सबै टिमलाई ८० लाख पाउण्ड अर्थात ९४ करोड ८ लाख २६ हजार नेपाली रुपैयाँ बराबरको तयारी खर्च दिएको थियो । त्यो रकम सहभागी सबै २४ टिमले पाइसकेका छन् । यो पुरस्कार रकम सम्बन्धित देशको फुटबल संघको खातामा जाने छ । सम्बन्धित देशको फुटबल संघले नै खेलाडीलाई तलब भत्ता तथा बोनस दिनेछ । 

युइएफएले घोषणा गरेको पुरस्कार रकम

  • युरो कप विजेता: ८० लाख पाउण्ड अर्थात ९४ करोड ८ लाख २६ हजार नेपाली रुपैयाँ 
  • उपविजेता: ५० लाख पाउण्ड ५८ करोड ८० लाख १७ हजार
  • सेमफाइनल पुग्ने चार टिम: फ्रान्स, जर्मनी, वेल्स र पोर्चुगल सबैले समान ४० लाख पाउण्ड अर्थात ४७ करोड ४१ लाख रुपैयाँ
  • क्वाटर फाइनलमा पुग्ने सबै ८ टिम: २५ लाख पाउण्ड अर्थात २ करोड ९४ लाख
  • प्रिक्वाटर फाइनलमा पुग्ने सबै १६ टिम: १७ करोड ६४ लाख
  • समूह चरणका खेल जित्नेले १० लाख पाउण्ड अर्थात ११ करोड ७६ लाख
  • समूह चरणका खेल बराबरी गर्नेले ५ लाख पउण्ड अथात ५ करोड ८८ लाख 
  • तयारी खर्च सबै २४ टिमलाई ८० लाख पाउण्ड अर्थात ९४ करोड ८ लाख २६ हजार नेपाली रुपैयाँ 

– स्रोत : युइएफए 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सीले पाए गोल्डेन–सू, दिए रोनाल्डोलाई टक्कर

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी खेलाडी लुइस स्वारेजले शुक्रबार बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरेका हुन् ।

  • वेष्ट ह्याम र लेस्टर सिटीले अंक बाँडे

    मंसिर ९ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • रोनाल्डोले गरे डेम्बेलेको ‘इनसल्ट’, भने ‘मेस्सीसँग खेल्न बार्सिलोना आएको’

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाले यहि सिजन महंगो मूल्यमा भित्र्याएका उसमान डेम्बेलेलाई नचिन्ने बताएका छन् । अहिले एउटै लिगमा खेल्दा चिने पनि बार्सिलोनाले डेम्बेलेलाई अनुबन्ध गरेका बेला आफूले उसलाई नचिनेको रोनाल्डोको भनाई छ ।

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया