MENU

खेल

Ncell Axiata
USAID

सबैका लागि चुनौती ग्रिजम्यान

असार २८ – फ्रान्सका स्ट्राइकर एन्टोनी ग्रिजम्यान युरोकप २०१६ को प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका छन् । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएको प्राविधिक अनुगमन टोलीले २५ वर्षका ग्रिजम्यानलाई प्लेअर अफ दि टुर्नामेन्ट घोषित गरेको हो । प्रतियोगितामा ६ गोल तथा दुई गोलका लागि सहयोग गरेका ग्रिजम्यानले सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट पनि पाएका थिए । फाइनलमा टिमलाई पोर्चुगलसँग जिताउन नसकेपछि ग्रिजम्यानले प्रतियोगितामा आफ्नो प्रभाव कायम राखे ।

नकआउट चरणमा उनले निकै राम्रो प्रदर्शन गरेका थिए । जर्मनीसँगको सेमिफाइनलमा २–० को जितमा दुवै गोल ग्रिजम्यानले गरेका थिए । यस्तै अन्तिम १६ को खेलमा रिपब्लिक अफ आयरल्याण्डसँगको २–१ को जितमा पनि दुवै गोल उनलेनै गरेका थिए । युइएफएका प्रमुख प्राविधिक अधिकृत लोएन लुपेस्कु नेतृत्वको अनुगमन कमिटिले ग्रिजम्यानलाई प्लेअर अफ दि टुर्नामेन्ट घोषित गरेको हो ।

ग्रिजम्यान सबै खेलमा एक चुनौती बनेको र उनले टिमका लागि कडा मेहनत गरेको लुपेस्कुले बताए । उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी रहेकोमा सर्वसम्मत निर्णय भएको उनको भनाई छ । १३ जनाको अनुगमन कमिटिले ग्रिजम्यानलाई चुनेको हो । 

– स्रोत : युइएफए 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया