MENU

खेल

Ncell Axiata
USAID

टिम अफ द टुर्नामेन्टमा कुन देशका को को परे ?

असार २८ – युरोकप फुटबलको आयोजक युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले युरोकप २०१६ को आधिकारिक टिम अफ द टुर्नामेन्ट घोषणा गरेको छ । टिममा च्याम्पियन पोर्चुगलका चार, जर्मनीका तीन तथा फ्रान्स र वेल्सका दुई खेलाडी परेका छन् । पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोसहित चार खेलाडी टिममा परेका हुन् । युइएफएका प्रमुख प्राविधिक अधिकृत लोएन लुपेस्कुको नेतृत्वमा रहेको १३ सदस्यीय अनुगमन कमिटिले टिमका लागि खेलाडी चयन गरेको हो, जुन कमिटिमा सर एलेक्स फरग्युसन पनि थिए ।

टिम अफ द टुर्नामेन्ट

  • १) रुइ पाट्रिसियो (पोर्चुगल)
  • २) जोशुए किमिच (जर्मनी)
  • ३) जेरोम बोटेङ (जर्मनी)
  • ४) पेपे (पोर्चुगल)
  • ५) राफेइल गेरिरो (पोर्चुगल)
  • ६) टोनी क्रोस (जर्मनी)
  • ७) जो एलन (वेल्स)
  • ८) एन्टोनी ग्रिजम्यान (फ्रान्स)
  • ९) आरोन रामसी (वेल्स)
  • १०) दिमित्री पेयट (फ्रान्स)
  • ११) क्रिष्टियानो रोनाल्डो (पोर्चुगल)

रोनाल्डो र पेपे योसँगै तीन पटक युरोकपको टिम अफ द टुर्नामेन्टमा परेका छन् । रोनाल्डो यसअघि सन् २००४ र २०१२ को युरोकपमा टिम अफ द टुर्नामेन्टमा परेका थिए । यस्तै पेपे सन् २००८ र २०१२ को टिममा परेका थिए । प्रतियोगिता सुरु हुनु पूर्व नै तयार भएको मापदण्ड अनुसार सर एलेक्स फरग्युसनसमेत रहेको टोलीले टिम छनौट गरेको हो । टिममा वेल्सका ग्यारेथ बेल भने परेनन् । 

– स्रोत : युइएफए

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया