MENU

खेल

Ncell Axiata
sagun

आमाबुवाले पाल्न नसकेका एडर पोर्चुगलको जितमा ‘हिरो’

असार २८ – रोनाल्डो चोटग्रस्त भएर मैदानबाट बाहिरिएपछि पोर्चुगलको टिम केही तनावमा परेको थियो । आइतबार राति पेरिसमा भएको युरोकपको फाइनलमा दबाबमा ९० मिनेटसम्म खेल गोलरहित बराबरीमा रोक्न सफल भएको पोर्चुगलका लागि अतिरिक्त समय लाभदायक बन्यो । त्यो भन्दा लाभदायक बने, रेनाटो सान्चेजको साटो मैदान छिरेका एडर । एडरले एक सय नवौं मिनेटमा गोल गर्दै पोर्चुगललाई च्याम्पियन बनाए । पोर्चुगलले ऐतिहासिक सफलता हात पार्‍यो । विजयी गोलले एडरलाई हिरो बनायो ।

तर उनको विगत भने दुःखद छ । एडरको जन्म पोर्चुगलमा भएको होइन । उनी सन् १९८७ को डिसेम्बर २२ मा गिनी–बिसाउमा भएको हो । पश्चिम अफ्रिकी मुलुक गिनी–बिसाउमा जन्मिएका एडरलाई उनका बुवा आमाले पालनपोषण गर्न सकेनन् । उनलाई पोर्चुगलको एक परिवारले अपनायो । उनी पोर्चुगल आए । त्यसबेला उनले व्यवसायिक फुटबल खेल्ने सोचेका थिएनन् । यस्तै पोर्चुगलको राष्ट्रिय टिमबाट खेलेर ऐतिहासिक जितमा गोल गर्ने त परको कुरा । तर उनी व्यवसायिक फुटबलर भए, राष्ट्रिय टिममा परे र युरोकपको फाइनलमा टिम दबाबमा परेका बेला गोल गर्दै हिरो बने । बिबिसीका पत्रकार स्टीभ क्रसम्यानसँगको अन्तर्वार्ताको क्रममा एडरले आफू पोर्चुगलको जितको कारण बन्न पाउँदा खुसी लागेको बताएका छन् । उनले भने ‘आज यो स्थानमा आउँदा मलाई गर्व लागेको छ, मलाई गर्व छ कि म गिनी बिसाउमा जन्मिए, मलाई गर्व छ कि म पोर्चुगलमा छु । मैले मेरो जिन्दगी यहीँ बिताएको छु । यो निकै राम्रो अनुभव हो ।’

एडरले आफूले हानेको बल गोलमा परिणत हुन्छ भन्ने पहिले नै लागेको बताए । गोलपछि उनको चर्चा चुलियो । प्रतियोगिता अघि टिममा रहेका खेलाडीमा उनी सबै भन्दा कम चर्चामा थिए । सन् २०१२ देखि राष्ट्रिय टिममा रहेका एडरले आइतबार रातिको गोल अघि २८ खेलमा तीन गोल मात्रै गरेका थिए । तर राष्ट्रिय टिमबाट २९ औं खेल उनका लागि फलदायी बन्यो । विजयी गोल गरे र सबैको चर्चाको विषय बने । उनले युरोकपको फाइनल अघि खेलेका सबै खेल मैत्रीपूर्ण मात्रै थिए । 

– स्रोत : बिबिसी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

  • दिल्ली र राजस्थान रोयल्सका खेलाडी इपिएलमा ललितपुरबाट खेल्ने

    काठमाडौं, मंसिर ७ – आउँदो पुसको ४ गतेदेखि सुरु हुने एभेरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको लागि अहिले ६ वटा टिम अन्तिम तयारीमा जुटेका छन् ।

  • बार्यन म्युनिखका फ्यानले गरे मैदानमा नोटको वर्षा

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको बार्यन म्युनिख र एन्डरलेक्टबिचको खेल भइरहेका बेला मैदानमा पैसाको बण्डल बर्सियो । अवे मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखका समर्थकले पैसाको बण्डल मैदानमा फालेका हुन् ।

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया