MENU

खेल

Ncell Axiata
sagun

​हारेपछि निराश फ्रान्सका समर्थकलाई सम्झाउँदै पोर्चुगलका बालक, मनछुने एउटा दृश्य

असार २९ – युरो कप फुटबल खेलको रौनक सोमबार नै सकिएपनि त्यसको प्रभाव अझैसम्म छ । खेलप्रेमिहरु युरो कपकै कुराकानीमा रमाइरहेका छन् । पेरिसको स्टेड डी फ्रान्समा घरेलु टोलीलाई अतिरिक्त समयमा १–० गोल अन्तरले हराउँदै पोर्चुगलले पहिलो पटक उपाधि उचाल्यो । विजेता टिमको पोर्चुगलमा भव्य स्वागत भयो । आइतबार रातिको खेल सकिएपछि फ्रान्सको सडकमा देखिएको एउटा दृश्यले सबैको मन छोयो । आफ्नो देश पराजित भएको पीडा सहन नसकेर बाटोमा रुँदै गरेका फ्रान्सका एक युवा समर्थकलाई जितको खुसी मनाइरहेको पोर्चुगलका एक बालकले सान्त्वना दिएको भिडियो सार्वजनिक भएको छ । बाटोमा रुँदै गरेका फ्रान्सका समर्थक ति युवाको हात पोर्चुगलको जर्सी लगाएका बालकले समाते, युवा झस्किए, बालकले हात मिलाएर सान्त्वना दिएको भिडियोमा देख्न सकिन्छ । त्यसपछि ती युवा अघि बढे, बालक पनि उनलाई केही भन्दै सँगै अघि गए, युवाले बालकलाई रुँदै अँगालो हाले । भिडियोमा देखिएको यो दृश्यले धेरैलाई भावुक बनाएको छ । 

– एजेन्सीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

  • दिल्ली र राजस्थान रोयल्सका खेलाडी इपिएलमा ललितपुरबाट खेल्ने

    काठमाडौं, मंसिर ७ – आउँदो पुसको ४ गतेदेखि सुरु हुने एभेरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको लागि अहिले ६ वटा टिम अन्तिम तयारीमा जुटेका छन् ।

  • बार्यन म्युनिखका फ्यानले गरे मैदानमा नोटको वर्षा

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको बार्यन म्युनिख र एन्डरलेक्टबिचको खेल भइरहेका बेला मैदानमा पैसाको बण्डल बर्सियो । अवे मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखका समर्थकले पैसाको बण्डल मैदानमा फालेका हुन् ।

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया