MENU

खेल

Ncell Axiata
chhaka panja

रोनाल्डोलाई उछिने गेराले

असार ३० – हंगरीका जोल्टान गेराको गोल युरोकप २०१६ को उत्कृष्ट गोल घोषित भएको छ । युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले आफ्नो बेवसाइट मार्फत गरेको मत सर्वेक्षणको आधारमा गेराको गोल उत्कृष्ट भएको हो । गेराले समूह चरणमा पोर्चुगलसँगको खेलमा १९ औं मिनेटमा गरेको गोल युरोकपको सर्वोत्कृष्ट गोलका रुपमा चुनिएको हो । गेराले च्याम्पियन पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै गोल अफ द टुर्नामेन्टको अवार्ड जितेका हुन् । आइतबार रातिको फाइनलपछि गोल अफ द टुर्नामेन्टका लागि पाँच गोल छनौट गरी मत दिन युइएफएले आग्रह गरेको थियो । एक लाख ५० हजार भन्दा धेरै मतदान भएकोमा गेराले ३२ प्रतिशत मत पाए । गेराको गोल वेल्ससँगको सेमिफाइनलमा पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले ५० औं मिनेटमा हेड मार्फात गरेको सुन्दर गोललाई पनि पछि पार्‍यो । रोनाल्डोको गोलले २४ प्रतिशत मत पाए । यस्तै तेस्रो नम्बरमा स्वीट्जरल्याण्डका जार्डन शकिरीले अन्तिम १६ अन्तर्गत पोल्याण्डसँगको खेलमा गरेको गोल पर्‍यो । शकिरीको गोलले २३ प्रतिशत मत पायो । यस्तै फ्रान्ससँगको फाइनलमा पोर्चुगलका एडरले गरेको गोल १६ प्रतिशत मतसहित चौथो तथा क्वाटरफाइनलमा बेल्जियमसँगको खेलमा वेल्सका हाला रोब्सन कानुले गरेको गोल पाँच प्रतिशत मतसहित पाँचौं स्थानमा रह्यो ।

– स्रोत : युइएफए 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया