MENU

खेल

Ncell Axiata
sagun

५४ औँ स्थानबाट दोस्रो बनाएका बेल्जियमका प्रशिक्षक बर्खास्त

साउन १ – बेल्जियमले राष्ट्रिय टिमका प्रशिक्षक मार्क विलमोस्टलाई बर्खास्त गरेको छ । बेल्जियम फ्रान्समा भएको युरोकप फुटबलमा वेल्ससँग ३–१ ले पराजित भएर क्वाटरफाइलनबाटै घर फर्किएको थियो । वेल्ससँग पराजित भएको दुई हप्तापछि रोयल बेल्जियम फुटबल एसोसिएसन आरबिएफएले प्रशिक्षक विलमोस्टलाई बर्खास्त गरेको हो । युरोकपका लागि तय गरिएको लक्ष्य पूरा नभएकाले विलमोस्टलाई हटाइएको बेल्जियम एफएका अध्यक्ष फ्रान्स्वा डी केस्माकरले बताए । बेल्जियमका पूर्व खेलाडी ४७ वर्षका विलमोस्टले प्रशिक्षकको रुपमा चार वर्ष बेल्जियमको राष्ट्रिय टिम सम्हाले । चार वर्षको अवधिमा विलमोस्टको प्रशिक्षणमा खेलेका ५१ खेलमा बेल्जियम ३४ मा विजयी भयो भने ८ खेलमा बराबरीमा रोकियो ।

चार वर्ष अघि विलमोस्टले टिम सम्हाल्दा फिफा बरियतामा ५४ स्थानमा रहेको बेल्जियम अहिले दोस्रो स्थानमा छ । विलमोस्टको सम्झौता सन् २०१८ सम्म रहेपनि टिमलाई नयाँ प्रशिक्षकको खाँचो रहेकाले विलमोस्टलाई हटाउने निर्णय गरिएको आरबिएफएले जनाएको छ । 

– एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सीले पाए गोल्डेन–सू, दिए रोनाल्डोलाई टक्कर

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी खेलाडी लुइस स्वारेजले शुक्रबार बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरेका हुन् ।

  • वेष्ट ह्याम र लेस्टर सिटीले अंक बाँडे

    मंसिर ९ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • रोनाल्डोले गरे डेम्बेलेको ‘इनसल्ट’, भने ‘मेस्सीसँग खेल्न बार्सिलोना आएको’

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाले यहि सिजन महंगो मूल्यमा भित्र्याएका उसमान डेम्बेलेलाई नचिन्ने बताएका छन् । अहिले एउटै लिगमा खेल्दा चिने पनि बार्सिलोनाले डेम्बेलेलाई अनुबन्ध गरेका बेला आफूले उसलाई नचिनेको रोनाल्डोको भनाई छ ।

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया