MENU

खेल

Ncell Axiata
USAID

​बोल्टको यस्तो कीर्तिमान : ३ ओलम्पिक, ३ स्पर्धा, लगातार स्वर्ण

भदौ ४ – जमैकाका धावक उसेन बोल्टले ओलम्पिकमा नवौं स्वर्ण पदक जितेका छन् । रियो ओलम्पिक अन्तर्गत शनिबार बिहान भएको पुरुष ४ गुणा एक सय मिटर रिलेमा बोल्ट रहेको जमैकाको टिमले स्वर्ण पदक जितेको हो । जमैकाको टिमले ३७ दशमलव २७ सेकेण्डमा दूरी पूरा गरे स्वर्ण जितेको हो । ३७ दशमलव ६० सेकेण्डमा दूरी पूरा गरेको जापानको टिमले रजत तथा ३७ दशमलव६४ सेकेण्डमा दूरी पूरा गरेको क्यानडाले कास्य पदक जित्यो । रियो ओलम्पिकमा बोल्टको यो तेस्रो स्वर्ण पदक हो । उनले यसअघि एक सय मिटर र दुई सय मिटरमा स्वर्ण पदक जितेका थिए । बोल्ट तीन वटा ओलम्पिकमा तीन स्पर्धामा स्वर्ण पदक जित्ने पहिलो खेलाडी हुन् । उनले सन् २००८ को बेइजिङ तथा सन् २०१२ को लण्डन ओलम्पिकमा पनि एक सय मिटर, दुई सय मिटर र ४ गुण एक सय मिटर रिलेमा स्वर्ण पदक जितेका थिए ।

- तस्बिर : द न्युयोर्क टाइमस्

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया