MENU

खेल

Ncell Axiata
sagun

ह्याट्रिक, ह्याट्रिक

भदौ ४ – जमैकाका धावक उसेन बोल्टले ओलम्पिकमा ‘ह्याट्रिक, ह्याट्रिक’ को कीर्तिमान बनाएका छन् । बोल्टले अहिलेसम्म ९ वटा ओलम्पिक स्वर्ण जितेका छन् । शनिबार बिहान रियो ओलम्पिक अन्तर्गत पुरुष ४ गुणा एक सय मिटर रिलेमा जितेको स्वर्ण पदक यो ओलम्पिकको तेस्रो तथा समग्रमा नवौं हो । उनले योसँगै तीन ओलम्पिकमा तीन स्पर्धामा लगातार तीन स्वर्ण जित्ने कीर्तिन बनाएका छन् । १२ वर्षको बिचमा ९ स्वर्ण जितेका बोल्टले तीनै स्पर्धामा स्वर्ण जित्ने अरुको सपना टुटाएका छन् । बोल्टले एक सय मिटर, दुई सय मिटर र ४ गुणा एक सय मिटर रिलेमा लगातार तीन पटक स्वर्ण जितेका छन् ।

बोल्ट

सन् २००८ को बेइजिङ ओलम्पिक

  • स्वर्ण : एक सय मिटर, दुई सय मिटर र ४ गुणा एक सय मिटर रिले

सन् २०१२ लण्डन ओलम्पिक

  • स्वर्ण : एक सय मिटर, दुई सय मिटर र ४ गुणा एक सय मिटर रिले

सन् २०१६ रियो ओलम्पिक 

  • स्वर्ण : एक सय मिटर, दुई सय मिटर र ४ गुणा एक सय मिटर रिले

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • नेपाल युएईसँग पाँच रनले पराजित

    काठमाडौँ, मंसिर ७ - थाइल्याण्डमा जारी आइसिसी महिला विश्वकप टि–ट्वेन्टी एशिया कप छनोट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल संयुक्त अरब इमिरेट्ससँग पराजित भएको छ ।

  • ​फिफा बरियतामा नेपाल ६ स्थानमाथि उक्लियो

    काठमाडौं, मंसिर ६ – विश्व फुटबल बरियतामा नेपाल ६ स्थानमाथि उक्लिएको छ । विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ बरियताक्रम अनुसार नेपाल ६ स्थान माथि उक्लिदै १ सय ७० औं स्थानमा पुगेको हो

  • दिल्ली र राजस्थान रोयल्सका खेलाडी इपिएलमा ललितपुरबाट खेल्ने

    काठमाडौं, मंसिर ७ – आउँदो पुसको ४ गतेदेखि सुरु हुने एभेरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटको लागि अहिले ६ वटा टिम अन्तिम तयारीमा जुटेका छन् ।

  • बार्यन म्युनिखका फ्यानले गरे मैदानमा नोटको वर्षा

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबल अन्तर्गत बुधबार राति भएको बार्यन म्युनिख र एन्डरलेक्टबिचको खेल भइरहेका बेला मैदानमा पैसाको बण्डल बर्सियो । अवे मैदानमा भएको खेलमा जर्मन क्लब बार्यन म्युनिखका समर्थकले पैसाको बण्डल मैदानमा फालेका हुन् ।

  • च्याम्पियन्स लिगमा पिएसजीको कीर्तिमानी जित, गर्‍यो सात गोल

    मंसिर ७ – च्याम्पियन्स लिग फुटबलको समूह चरण अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पिएसजीले स्कटिस क्लब सेल्टिकमाथि ७–१ को कीर्तिमानी जित दर्ता गरेको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया