MENU

खेल

Ncell Axiata
sagun

ब्राजिलले जित्यो, जर्मनीसँग लियो बदला, नेइमार नायक

भदौ ५ – आयोजक ब्राजिलले रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । आइतबार बिहान भएको फाइनलमा जर्मनीलाई टाइब्रेकरमा ५–४ ले हराएर ब्राजिलले फुटबलमा पहिलो ओलम्पिक स्वर्ण पदक जितेको हो । निर्धारित ९० मिनेट तथा थप गरिएको ३० मिनेटमा १–१ को बराबरी भएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।टाइब्रेकरमा जर्मनीका निल्स पिटरसनको प्रहार ब्राजिलका गोलरक्षक वेभर्टोनले जोए । त्यसपछि अन्तिम पेनाल्टी प्रहार गर्न आएको ब्राजिलका कप्तान नेइमारले सुन्दर गोल गर्दै ब्राजिललाई स्वर्ण पदक दिलाए । निर्धारित समयको खेलमा २६ औं मिनेटमा नेइमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । माराकाना रंगशालमा भएको खेलमा जर्मनीका म्याक्सिमिलियन मेयरले ५९ औं मिनेटमा बराबरी गोल फर्काए । ब्राजिल यसअघि १९८४, १९८८ र २०१२ मा ओलम्पिक फुटबलको फाइनलमा पराजित भएको थियो । सन् २०१४ को विश्वकपको सेमिफाइनलमा जर्मनीले ब्राजिललाई ७–१ ले हराएको थियो । अहिले जर्मनीलाई फाइनलमा हराएर ओलम्पिक स्वर्ण जित्दै ब्राजिलले दुई वर्षअघि विश्वकपमा बेहोरेको हारेको बदाला लिएको छ । 

- तस्बिर : गेट्टी इमेज

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सीले पाए गोल्डेन–सू, दिए रोनाल्डोलाई टक्कर

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी खेलाडी लुइस स्वारेजले शुक्रबार बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरेका हुन् ।

  • वेष्ट ह्याम र लेस्टर सिटीले अंक बाँडे

    मंसिर ९ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • रोनाल्डोले गरे डेम्बेलेको ‘इनसल्ट’, भने ‘मेस्सीसँग खेल्न बार्सिलोना आएको’

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाले यहि सिजन महंगो मूल्यमा भित्र्याएका उसमान डेम्बेलेलाई नचिन्ने बताएका छन् । अहिले एउटै लिगमा खेल्दा चिने पनि बार्सिलोनाले डेम्बेलेलाई अनुबन्ध गरेका बेला आफूले उसलाई नचिनेको रोनाल्डोको भनाई छ ।

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया