MENU

खेल

Ncell Axiata
chhaka panja

ब्राजिलसँग हारेको होन्डुरस फेरि हार्‍यो, नाइजेरियाले जित्यो

भदौ ५ – रियो ओलम्पिक अन्तर्गत पुरुष फुटबलको कास्य पदक नाइजेरियाले जितेको छ । शनिबार राति भएको खेलमा होन्डुरसलाई ३–२ ले हराएर नाइजेरियाले कास्य पदक जितेको हो । ३४ औं मिनेटमा सादिक उमरले गोल गर्दै नाइजेयिालाई सुरुवाति अग्रता दिलाए । ४९ औं मिनेटमा अमिनु उमसले गोल गरेपछि नाइजेरियाको अग्रता २–० मा पुग्यो । त्यसको सात मिनेटपछि सादिकले व्यक्तिगत दोस्रो गोल गर्दै नाइजेरियाको अग्रता ३–० मा पुर्‍याए । त्यसपछि होन्डुरसले गोल गर्‍यो । ७१ औं मिनेटमा एन्टोनी लोजानो र ८६ औं मिनेटमा मार्सेलो पिरिइराले गोल गरेपनि त्यो होन्डुरसको जितका लागि पर्याप्त भने भएन । सेमिफाइनलमा होन्डुरस ब्राजिलसँग ६–० तथा नाइजेरिया जर्मनीसँग २–० ले हारेको थियो । 

– तस्बिर : गेट्टी इमेज

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया