MENU

खेल

Ncell Axiata
chhaka panja

नेपालकी निशा कास्यका लागि भएको खेलमा पराजित

काठमाडौं, भदौ ५ – नेपालकी तेक्वान्दो खेलाडी निशा रावल रियो ओलम्पिक अन्तर्गत शनिबार राति कास्य पदकका लागि भएको प्रतिस्पर्धामा पराजित भइन् ।  ६७ केजीमाथिको स्पर्धामा उनी फ्रान्सकी ग्वलाडेस इपाङसँग ४–३ ले पराजित भएकी हुन् । शनिबार बेलुका भएको अन्तिम १६ को खेलमा चीनकी जेङ सुयिङसँग २–० ले पराजित भएकी निशाले क्वाटरफाइनलमा जेङसँगै पराजित भएकी फ्रान्सकी इपाङसँग कास्य पदकका लागि प्रतिस्पर्धा गरेकी हुन् । इपाङसँगको प्रतिस्पर्धामा राम्रो प्रदर्शन गरेपनि निशा एक अंकले पछि परिन् ।

निशालाई हराएकी फ्रान्सकी इपाङले त्यसपछि अमेरिकाकी ज्याकी गालावेसँग प्रतिस्पर्धा गरेकी थिइन् । तर अमेरिकाकी ज्याकीले इपाङलाई हराएर कास्य पदक जितिन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया