MENU

खेल

Ncell Axiata
sagun

मैदानमै रोए नेइमार

भदौ ५ – कप्तान नेइमारले ब्राजिललाई पहिलो पटक ओलम्पिक फुटबलमा स्वर्ण पदक दिलाएका छन् । माराकाना रंगशालमा आइतबार बिहान भएको जर्मनीसँगको फाइनलमा नेइमारकै गोलका कारण आयोजक ब्राजिलले स्वर्ण पदक जित्योनिर्धारित समयको खेल १–१ को बराबरी भएपछि थप गरिएको समयमा दुवै तर्फबाट गोल भएन । त्यसपछि खेलको निर्णय टाइब्रेकरबाट लिइयो । टाइब्रेकरमा जर्मनीका निल्स पिटरसनले गोल गर्न सकेनन् । त्यसपछि पेनाल्टी प्रहार गर्न आएका नेइमारले सुन्दर गोल गर्दै ब्राजिलाई जित दिलाए । गोल गरेपछि नेइमार मैदानमै घुँडा टेकेर आकाश तिर फर्किँदै रोएर खुसी साटे । जितको खुसी उनले आँसुमा व्यक्त गरे । केही महिना अघि भएको कोपा अमेरिकामा नेइमार बिना खेलेको ब्राजिलले राम्रो प्रदर्शन गर्न सकेको थिएन । तर घरेलु मैदानमा भएको ओलम्पिकमा भने नेइमारले आफ्नो कप्तानीमा पहिलो स्वर्ण दिलाए । रियो ओलम्पिकमा समूह चरणका तीन खेलमा दुईमा बराबरी र एकमा मात्रै जित निकालेको ब्राजिलले क्वाटरफाइनलमा कोलम्बियालाई हरायो । कोलम्बियासँगको खेलमा एक गोल गरेका नेइमारले होन्डुरससँगको सेमिफाइनलमा दुई गोल गरे । आइतबार बिहान भएको जर्मनीसँगको फाइनलमा निर्धारित समयमा एक गोल गरेका नेइमारले टाइब्रेकरमा गोल गरेर जित दिलाए । जितपछि टिमका साथी उनी नजिक आए, उनी मैदानमै रोए । तर त्यो आँसु दुःख थिएन, खुसीको थियो, जितको थियो । 

- तस्बिर : रोयटर्स, गेट्टी इमेज, एएफपी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सीले पाए गोल्डेन–सू, दिए रोनाल्डोलाई टक्कर

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी खेलाडी लुइस स्वारेजले शुक्रबार बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरेका हुन् ।

  • वेष्ट ह्याम र लेस्टर सिटीले अंक बाँडे

    मंसिर ९ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • रोनाल्डोले गरे डेम्बेलेको ‘इनसल्ट’, भने ‘मेस्सीसँग खेल्न बार्सिलोना आएको’

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाले यहि सिजन महंगो मूल्यमा भित्र्याएका उसमान डेम्बेलेलाई नचिन्ने बताएका छन् । अहिले एउटै लिगमा खेल्दा चिने पनि बार्सिलोनाले डेम्बेलेलाई अनुबन्ध गरेका बेला आफूले उसलाई नचिनेको रोनाल्डोको भनाई छ ।

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया