MENU

खेल

Ncell Axiata
chhaka panja

१ मिनेट ५४ सेकेण्डमा ९ स्वर्ण

भदौ ५ – जमैकाका धावक उसेन बोल्टले रियो ओलम्पिकमा आफू महान एथलेट रहेको प्रमाणित गरे त्यो पनि अचम्मको अंकसहित । बोल्ट सन् २००८ देखिका तीन ओलम्पिकमा तीन स्पर्धामा गरी ९ वटा स्वर्ण पदक जिते । तीनै स्पर्धामा लगातार स्वर्ण पदक जित्ने उनी पहिलो खेलाडी हुन् । उनले एक सय मिटर, दुई सय मिटर र ४ गुणा एक सय मिटर रिलेमा गरी ९ स्वर्ण पदक जितेका हुन् । उनले ९ स्वर्ण पदक जित्न भने जम्ममा एक सय १४ सेकेण्ड अर्थात एक मिनेट ५४ सेकेण्ड समय लगाएका छन् । 

बेइजिङ ओलम्पिक २००८

  • १०० मिटर: ९.६९ सेकेण्ड
  • २०० मिटर: १९.३ सेकेण्ड
  • ४ गुणा १०० मिटर: ८.९८ सेकेण्ड

लण्डन ओलम्पिक २०१२

  • १०० मिटर: ९.६३ सेकेण्ड
  • २०० मिटर: १९.३२ सेकेण्ड
  • ४ गुणा १०० मिटर: ८.७ सेकेण्ड

रियो ओलम्पिक २०१६

  • १०० मिटर: ९.८१ सेकेण्ड
  • २०० मिटर: १९.७८ सेकेण्ड
  • ४ गुणा १०० मिटर: झण्डै ९ सेकेण्ड

सबै स्पर्धाका फाइनलमा गरेर एक सय १४ सेकेण्डमा बोल्टले ९ स्वर्ण जितेका हुन् । तर प्रारम्भीक चरणसहित तीन ओलम्पिकमा उनले तीन सय २५ सेकेण्ड अर्थात झण्डै साढे पाँच मिनेट ट्रर्‍याकमा बिताएको एपीले जनाएको छ । यसको अर्थ छनौट चरणसहित उनले ट्रर्‍याकमा बिताएको समय हिसाब गर्दा हरेक ३६ सेकेण्डमा स्वर्ण जितेका छन् । 

– स्रोत : बिबिसी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया