MENU

खेल

Ncell Axiata
USAID

अमेरिकाका पौडी खेलाडीले ब्राजिलका नागरिकसँग मागे माफि

भदौ ५ – रियो ओलम्पिकमा स्वर्ण पदक विजेता अमेरिकी पौडी खेलाडी रायन लोचेटले ब्राजिलका नागरिकसँग माफि मागेका छन् । लोचेटले रियो ओलम्पिकका ब्राजिलमा रहँदा आफू लुटिएको बताएका थिए । तर आफूले त्यो घटनालाई चाहिने भन्दा धेरै बढाइचढाइ गरेको भन्दै लोचेटले ब्राजिलका नागरिकसँग माफि मागेका हुन् ।

लोचेटले ब्राजिलको सबै भन्दा ठूलो प्रशारक संस्था ग्लोबो टिभीसँगको अन्तवार्ताको क्रममा लोचेटले माफि मागेका हुन् । लोचेटसहित अमेरिकी पौडी टिमका अरु तीन खेलाडी लुटिएको घटना सार्वजनिक भएको थियो ।लोचेटसहितका खेलाडीले आफूहरु लुटिएको बताए पनि रियो प्रहरीले भने उनीहरु नलुटिएको बताउँदै आएको छ । सिसिटिभी फुटेजले लुटपाटको घटनालाई थप विवादास्पद बनायो । फुटेजमा लोचेटसहितका अमेरिकी खेलाडीले रियोको एक पेट्रोल स्टेसनमा तोडफोड गरेको देखिएको छ ।

लोचेटले आफू सचेत नभएको तथा आवेशमा आएकाले यस्तो घटना भएको भन्दै शुक्रबार पनि माफि मागेका थिए । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीले घटना तथा अमेरिकी खेलाडीको व्यवहारका बारेमा छानबिन गर्न अनुशासन कमिटि गठन गरेको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया