MENU

खेल

Ncell Axiata
USAID

​म्याराथनको स्वर्ण केन्याका किप्चोजेलाई

भदौ ५ – केन्याका इलियुढ किप्चोजेले रियो ओलम्पिकको म्याराथनमा स्वर्ण पदक जितेका छन् । ४२ दशमलव १९५ किलोमिटरको दुरी २ घन्टा ८ मिनेट ४४ सेकेण्डमा पुरा गर्दै उनले स्वर्ण पदक जितेका हुन् । यो किप्चोजेको पहिलो ओलम्पिक स्वर्ण हो । यसअघि बेइजिङ ओलम्पिकमा ५ हजार मिटरमा रजत पदक जितेका उनले सन् २००४ मा एथेन्समा ५ हजार मिटरमा नै काश्य पदक जितेका थिए । इथियोपियाका फेयिसा लिलेसाले २ घन्टा ९ मिनेट ५४ सेकेण्डको समय निकाल्दै रजत र अमेरिकाका ग्यालेन रुप्पले २ घन्टा १० मिनेट ०४ सेकेण्डको समय निकाल्दै काश्य पदक जिते । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया