MENU

खेल

Ncell Axiata
sagun

नेइमारले दिए : बदला, आँसु, जित र इतिहास

भदौ ६ – ब्राजिलले दुई पटक घरेलु मैदानमा फुटबलमा नराम्रो पीडा बेहोरेको छ । तर अहिले आएर ब्राजिलले गर्व गर्ने अवसर पाएको छ । सन् १९५० को विश्वकपको फाइनलमा माराकाना रंगशालमा उरुग्वेसँग बेहोरेको हार तथा दुई वर्ष अघि सन् २०१४ मा घरेलु मैदानमै भएको विश्वकपको सेमिफाइनलमा जर्मनीसँगको हार ब्राजिलले चाहेर पनि मेट्न सक्दैन । तर रियो ओलम्पिकमा जर्मनीलाई हराएर पहिलो पटक ओलम्पिक फुटबलका स्वर्ण जितेपछि ब्राजिलको नयाँ इतिहास सुरु भएको छ । आइतबार बिहान खेल सुरु हुनुअघि ब्राजिलका समर्थकले जर्मनीसँग बदला लिनुपर्ने बताएका थिए । जर्मनीले दुई वर्षअघि ब्राजिललाई घरेलु मैदानमै ७–१ ले हराएको थियो । कप्तान नेइमारले विजयी पेनाल्टी गोल गर्दै जर्मनीसँग बदला मात्रै लिएनन्, ब्राजिललाई सबैभन्दा सफल ओलम्पिक पनि बनाए । ब्राजिलले पहिलो पटक ओलम्पिकमा ६ वटा स्वर्ण पदक जित्यो ।

विजयी गोल गरेपछि ७८ हजार दर्शक रहेको रंगशालको मैदानमा घुँडा टेकेर रोए, दर्शकले ‘द च्याम्पियन्स आर ब्याक’ गीत गाए । नेइमारले दुई वर्षअघि विश्वकपमा जर्मनीसँगको लज्जास्पद हारमा खेल्न पाएका थिएनन् । क्वाटरफाइनलको क्रममा कोलम्बियासँगको खेलमा भर्टिब्रेटा फ्याक्चर भएका कारण नेइमार खेल्न पाएका थिएनन् । अहिले उनै नेइमारले घरेलु मैदानमा ब्राजिलको हारको इतिहास उल्ट्याए । ओलम्पिक फुटबलमा पहिलो स्वर्ण दिलाए । रंगशालमा रहेका ब्राजिलका समर्थकले जर्मनीसँग बदला लिनु पर्ने बताइरहेका थिए । धेरैले ब्राजिल सजिलै विजयी हुने पनि बताएका थिए । तर निर्धारित र थप गरिएको समयको खेल १–१ को बराबरी भयो । खेलको निर्णय टाइब्रेकरमा धकेलियो । टाइब्रेकरका प्रत्येक पेनाल्टी प्रहारका बेला दर्शकको दिलको धड्कन रोकिए जस्तै भयो । तर अन्तिममा पेनाल्टी प्रहार गर्न आएका नेइमारले ब्राजिलका समर्थकको मुहारमा खुसी, ओठमा मुस्कार र आँखामा जितको खुसी आँसु बनाएर खसाए ।

ओलम्पिकमा २३ वर्षसम्मका खेलाडी मात्रै सहभागी हुन्छन् । तर केही खेलाडी बढी उमेरका पनि राख्न पाइने व्यवस्था छ । यही व्यवस्था अन्तर्गत २४ वर्षका नेइमाले ओलम्पिकमा ब्राजिललाई कप्तानी गर्न पाए । सेमिफाइनलमा होन्डुरससँगको खेलमा मात्रै १५ सेकेण्डमा गोल गरेर कीर्तिमान बनाएका नेइमारले आफूलाई क्लब फुटबलमा मात्रै होइन, राष्ट्रिय फुटबलमा पनि अब्बल रहेको प्रमाणित गरे । 

– स्रोत : बिबिसी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सीले पाए गोल्डेन–सू, दिए रोनाल्डोलाई टक्कर

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी खेलाडी लुइस स्वारेजले शुक्रबार बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरेका हुन् ।

  • वेष्ट ह्याम र लेस्टर सिटीले अंक बाँडे

    मंसिर ९ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • रोनाल्डोले गरे डेम्बेलेको ‘इनसल्ट’, भने ‘मेस्सीसँग खेल्न बार्सिलोना आएको’

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाले यहि सिजन महंगो मूल्यमा भित्र्याएका उसमान डेम्बेलेलाई नचिन्ने बताएका छन् । अहिले एउटै लिगमा खेल्दा चिने पनि बार्सिलोनाले डेम्बेलेलाई अनुबन्ध गरेका बेला आफूले उसलाई नचिनेको रोनाल्डोको भनाई छ ।

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया