MENU

खेल

Ncell Axiata
USAID

पदक विजेताले भने–म देश फर्किएमा मेरो ज्यानलाई खतरा

भदौ ६ – रियो ओलम्पिकमा म्याराथनमा रजत पदक जितेका इथियोपियाका धावक फेयिसा लिलेसाले आफ्नो देशको सरकार विरुद्ध प्रदर्शन गरे । आइतबार बेलुका म्याराथन दौड पूरा गरेपछि लिसेसाले आफ्नो हातलाई विशेष मुद्रामा मोडेर इथियोपिया सरकारप्रति आफ्नो विरोध जनाए । उनले आफ्नो हात उसै गरी मोडे, जसरी ओरोमो समुदायका मानिस सरकारको विरोध जनाउँदा मोड्छन् । लिलेसा पनि ओरोमो समुदायका हुन् । ओरोमो समुदायले इथियोपियामा प्रहरीको बर्बरताको सामना गरेका थिए । लिलेसाले धेरै पटक विरोध जनाए । म्याराथनपछि उनले पत्रकारसँग आफू देश फर्किए ज्यानको खतरा रहेको बताएका छन् । उनले भने ‘इथियोपिया सरकार ओरोमो समुदायका मानिसको हत्या गरिरहेको छ, उनीहरुको जग्गा कब्जा गरेको छ । त्यसैले ओरोमो समुदायका मानिसले विरोध प्रर्दशन गरिरहेका छन् । म उनीहरुको समर्थन गर्छु, किनकी म पनि ओरोमो हुँ ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया