MENU

खेल

Ncell Axiata
USAID

रियो ओलम्पिक : अमेरिका भयो पहिलो, कुन देशले कति पदक जिते ?

भदौ ६ – ब्राजिलमा भएको रियो ओलम्पिक २०१६ मा एक सय २१ पदक जितेको अमेरिका पहिलो भयो । अमेरिकाले ४६ स्वर्ण, ३७ रतज र ३८ कास्य गरी एक सय २१ पदक जितेको हो । दोस्रो स्थानको बेलायतले २७ स्वर्ण, २३ रजत र १७ कास्य गरी ६७ तथा तेस्रो स्थानमा रहेको चीनले २६ स्वर्ण, १८ रजत र २६ कास्य गरी ७० पदक जित्यो । १९ स्वर्ण, १८ रजत र १९ कास्य गरी ५६ पदक जितेको रुस चौथो, १७ स्वर्ण, १० रजत र १५ कास्य गरी ४२ पदक जितेको जर्मनी पाँचौं, १२ स्वर्ण, ८ रजत र २१ कास्य गरी ४१ पदक जितेको जापान छैटौं तथा १० स्वर्ण १८ रजत र १० कास्य गरी ४२ पदक जितेको फ्रान्स सातौं स्थानमा रह्यो । यस्तै आठौं स्थानको दक्षिण कोरियाले ९ स्वर्ण, ३ रजत र ९ कास्य गरी २१, नवौं स्थानको इटालीले ८ स्वर्ण, १२ रजत र ८ कास्य गरी २८ तथा दशौं स्थानको अस्ट्रेलियाले ८ स्वर्ण, ११ रजत र १० कास्य गरी २९ पदक जित्यो । 

नेदरल्याण्ड्सले ८ स्वर्णसहित १९, हंगेरीले ८ स्वर्णसहित १५, ब्राजिलले सात स्वर्णसहित १९, स्पेनले सात स्वर्णसहित १७, केन्याले ६ स्वर्णसहित १३, जमैकाले ६ स्वर्णसहित ११, क्रोएसियाले पाँच स्वर्णसहित १०, क्युवाले पाँच स्वर्णसहित ११, न्युजिल्याण्डले चार स्वर्णसहित १८, क्यानडाले चार स्वर्णसहित २२, उज्वेकिस्तानले चार स्वर्णसहित १३, काजकस्तानले तीन स्वर्णसहित १७, कोलम्बियाले तीन स्वर्णसहित ८, स्वीट्जरल्याण्डले तीन स्वर्णसहित सात, इरानले तीन स्वर्णसहित ८, ग्रिसले तीन स्वर्णसहित ६ तथा अर्जेन्टिनाले तीन स्वर्णसहित चार पदक जित्यो । डेनमार्क, स्वीडेन, दक्षिण अफ्रिका, युक्रेन, सर्बिया, पोल्याण्ड, उत्तर कोरिया, बेल्जियम, थाइल्याण्ड, स्लोभाकिया र जर्जियाले दुई दुई स्वर्ण पदक जिते । यसैगरी अजरबैजान, बेलारुस, टर्की, अर्मेनिया, चेक गणतन्त्र, इथियोपिया, स्लोभेनिया, इन्डोनेसिया, रोमानिया, बहराइन, भिएतनाम, चाइनिज ताइपेइ, बहमास, आइभरी कोस्ट, फिजी, जोर्डन, कोसोभो, पुर्टए रिको, सिंगापुर, ताजिकिस्तान तथा स्वतन्त्र ओलम्पिक एथलेट्सले पनि एक एक स्वर्ण पदक जिते । रियो ओलम्पिकमा सहभागी भएको दुई सय पाँच देशमध्ये ८७ देशले पदक जिते । ४२ खेलका तीन सय ६ स्पर्धामा १० हजार पाँच सय भन्दा धेरै खेलाडीले पदकका लागि प्रतिस्पर्धा गरेका थिए । अगस्ट पाँचमा सुरु भएको रियो ओलम्पिकको अहिले ब्राजिलको माराकाना रंगशालमा सोमबार बिहान समापन समारोह भएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया