MENU

खेल

Ncell Axiata
chhaka panja

पहिलो पटक ओलम्पिक स्वर्णको स्वाद लिने को को ?

भदौ ६ – रियो ओलम्पिकमा अफ्रिका, अमेरिका, एसिया, क्यारबियन तथा युरोपका केही देशले पहिलो पटक ओलम्पिक स्वर्ण पदक जिते । रियो ओलम्पिक ती देशका लागि इतिहास बनाउने मौका बन्यो । केही देशका लागि ओलम्पिकमा स्वर्ण जित्नु सामान्य भएपनि केही देशका लागि त्यो लामो समयको सपना पूरा भएजस्तै भयो । रियो ओलम्पिकमा एक स्वतन्त्र एथ्लेटसहित १० टिमले पहिलो पटक ओलम्पिक स्वर्ण पदक जिते । 

पहिलो पटक स्वर्ण जित्ने कुन कुन देश ?

बहराइन : केन्यामा जन्मेकी तर अहिले बहराइनकी नागरिक रुथ जेबेटले बहराइनलाई पहिलो ओलम्पिक स्वर्ण दिलाइन् ।

फिजी : फिजीको पुरुष रग्वी टिमले देशका लागि पहिलो स्वर्ण दिलायो ।

स्वतन्त्र एथ्लेट : कुवेत आर्मीका अधिकृत फेहाइद अल दिहानीले रियो ओलम्पिकमा स्वर्ण पदक जिते । कुवेतलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिले निलम्बन गरेकोले उनी स्वतन्त्र रुपमा रियो ओलम्पिकमा भाग लिएका थिए । उनले सुटिङमा स्वर्ण जितेका हुन् ।

आइभरी कोस्ट : चेइके सालह जुनिएर सिस्सेले तेक्वान्दोमा स्वर्ण पदक जिते ।

जोर्डन : तेक्वान्दो खेलाडी अहमद अबुघउसाले जोर्डनका लागि पहिलो स्वर्ण दिलाए । 

कोसोभो : जुडो खेलाडी माज्लिन्डा केल्मेन्डीले कोसोभोका लागि पहिलो स्वर्ण पदक दिलाइन् । कोसोभो पहिलो पटक ओलम्पिकमा सहभागी भएको हो । 

पुर्एटो रिको : मोनिका पुइगले महिला टेनिसमा स्वर्ण जितेर देशलाई पहिलो स्वर्ण दिलाइन् ।

सिंगापुर : जोसेफ स्कुलिङले पुरुष एक सय मिटर बटर फ्लाइमा माइकल फेल्प्सलाई हराएर स्वर्ण पदक जिते । 

ताजकिस्तान : डिहोड नाजारोभले पुरुष हामेर थ्रोमा ताजकिस्तानका लागि पहिलो स्वर्ण दिलाए । 

भिएतनाम : होङ जुआन विन्हले १० मिटर एयर पिस्तोलमा भिएतनामाका लागि पहिलो स्वर्ण दिलाए । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
western union
nepali women
पछिल्ला समाचारहरु

सोसल मिडिया