MENU

खेल

Ncell Axiata
USAID

खेल हारेपछि नाङ्गिएर विरोध

भदौ ६ – मंगोलियाका दुई जना रेसलिङ प्रशिक्षकले लुगा फुकालेर रियो ओलम्पिक कास्य पदकका लागि भएको खेलको निर्णयको विरोध गरेका छन् । आइतबार ६५ केजी समूहको स्पर्धामा उज्वेकिस्तानका इख्तियोर नाभरुजोव मंगोलियाका मन्दाखनारन गान्जोरिगसँग ७–६ ले पराजित हुने अवस्थामा पुगेका थिए । खेल सकिन १० सेकेण्ड बाँकी हुँदै मंगोलियाका खेलाडीले जितको खुसी मनाउन थालेका थिए । खेल सकिनु अघिनै गान्जोरिगले खुसीयाली मनाएपछि रेफ्रिले उलाई दण्ड दिए अनि नतिजा उज्वेकिस्तानका नाभरुजोवको पक्षमा गयो । मंगोलियाका दुई प्रशिक्षकले यसको विरोधमा लुगा फुकालेर रिङमा फाले । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया