MENU

खेल

Ncell Axiata
USAID

रियो ओलम्पिक : समापन समारोह, विश्वले राख्नेछ याद (फोटोफिचर)

भदौ ६ – अगस्ट ५ तारिकमा सुरु भएको रियो ओलम्पिक सोमबार ब्राजिलको माराकाना रंगशालमा भव्य समापन समारोह गर्दै सकिएको छ । समापन समारोहमा रियो डे जेनेरो को माराकाना रंगशाला उल्लासले भरिएको थियो । 
१ सय २१ पदक जितेको अमेरिका पहिलो भयो । अमेरिकाले ४६ स्वर्ण, ३७ रतज र ३८ कास्य गरी एक सय २१ पदक जितेको हो । 
दोस्रो स्थानको बेलायतले २७ स्वर्ण, २३ रजत र १७ कास्य गरी ६७ तथा तेस्रो स्थानमा रहेको चीनले २६ स्वर्ण, १८ रजत र २६ कास्य गरी ७० पदक जित्यो । 
१९ स्वर्ण, १८ रजत र १९ कास्य गरी ५६ पदक जितेको रुस चौथो, १७ स्वर्ण, १० रजत र १५ कास्य गरी ४२ पदक जितेको जर्मनी पाँचौं, १२ स्वर्ण, ८ रजत र २१ कास्य गरी ४१ पदक जितेको जापान छैटौं तथा १० स्वर्ण १८ रजत र १० कास्य गरी ४२ पदक जितेको फ्रान्स सातौं स्थानमा रह्यो । 
यस्तै आठौं स्थानको दक्षिण कोरियाले ९ स्वर्ण, ३ रजत र ९ कास्य गरी २१, नवौं स्थानको इटालीले ८ स्वर्ण, १२ रजत र ८ कास्य गरी २८ तथा दशौं स्थानको अस्ट्रेलियाले ८ स्वर्ण, ११ रजत र १० कास्य गरी २९ पदक जित्यो । 
रियो ओलम्पिकमा सहभागी भएको २ सय ५ देशमध्ये ८७ देशले पदक जिते । ४२ खेलका तीन सय ६ स्पर्धामा १० हजार ५ सयभन्दा धेरै खेलाडीले पदकका लागि प्रतिस्पर्धा गरेका थिए । 

तस्बिर : बिबिसी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया