MENU

खेल

Ncell Axiata
USAID

राष्ट्रिय झण्डानै गलत, बारम्बार देखाइयो

भदौ ७ – चीनको महिला भलिबल टिमले रियो ओलम्पिकमा देशका लागि २६ औं स्वर्ण पदक जिते । तर यसको खुसीयाली भने केही आक्रोशले भरियो । कारण हो, पदक वितरण समारोहमा प्रयोग भएको चीनको गलत झण्डा । चीनको महिला भलिबल टिमलाई स्वर्ण पदक दिने बेलामा चीनको राष्ट्रिय झण्डाको गलत संस्करण फहराइएको थियो । चीनका समर्थकले सामाजिक सञ्जालमा यसको निकै विरोध गरेका छन् । ‘रियो ओलम्पिक युजिङ रङ चाइनिज नेशनल फ्ल्याग’ ह्यासट्याग मार्फत यसको विरोध भएको हो । यो ह्यासट्याग ८० लाख पटक प्रयोग भएको छ । धेरैले रियो ओलम्पिकले उही गल्ति कसरी दोर्‍याउन सक्छ ? भन्ने प्रश्न गरेका छन् ।

सही झण्डा

यसअघि रियो ओलम्पिकको पहिलो दिन पनि पदक वितरण समारोहमा चीनको गलत झण्डा प्रयोग भएको थियो । पहिलो दिन महिलाको १० मिटर एयर रिफ्लेमा चीनका डु लि र यी सिलिङले रजत र कास्य पदक जितेका थिए । पदक वितरण समारोहमा चीनको गलत झण्डा प्रयोग भएको थियो । 

– स्रोत : बिबिसी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया