MENU

खेल

Ncell Axiata
sagun

‘देश फर्किए मेरो ज्यान खतरामा’ भन्ने धावकलाई कसले देला शरण ?

भदौ ७ – रियो ओलम्पिकमा म्याराथनमा रजत पदक जितेका इथियोपियाका धावक फेयिसा लिलेसालाई शरण खोज्न सहयोग गर्न भन्दै सहयोग अभियान सुरु भएको छ । सहयोग अभियानले अहिलेसम्म ४० हजार अमेरिकी डलर (४३ लाख रुपैयाँ) संकलन भइरसेको छ । लिलेसाले म्याराथन दौड पूरा गरेपछि आफ्नो देशको सरकार विरुद्ध प्रदर्शन गरेका थिए । आइतबार बेलुका म्याराथन दौड पूरा गरेपछि लिसेसाले आफ्नो हातलाई विशेष मुद्रामा मोडेर इथियोपिया सरकारप्रति आफ्नो विरोध जनाए । उनले आफ्नो हात उसै गरी मोडे, जसरी ओरोमो समुदायका मानिस सरकारको विरोध जनाउँदा मोड्छन् । लिलेसा पनि ओरोमो समुदायका हुन् । ओरोमो समुदायले इथियोपियामा प्रहरीको बर्बरताको सामना गरेका थिए । लिलेसाले धेरै पटक विरोध जनाए । म्याराथनपछि उनले पत्रकारसँग आफू देश फर्किए ज्यानको खतरा रहेको बताएका छन् । उनले भनेका थिए ‘इथियोपिया सरकार ओरोमो समुदायका मानिसको हत्या गरिरहेको छ, उनीहरुको जग्गा कब्जा गरेको छ । त्यसैले ओरोमो समुदायका मानिसले विरोध प्रर्दशन गरिरहेका छन् । म उनीहरुको समर्थन गर्छु, किनकी म पनि ओरोमो हुँ ।’ यो भनाईपछि लिलेसालाई शरण दिलाउन सहयोग संकलन अभियान सुरु भएको हो । ओलम्पिक चार्टरको नियम ५० अनुसार कुनै पनि किसिमको राजनीतिक प्रदर्शन वा विरोध प्रतिबन्ध गरिएको छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि आइओसीले लिलेसाको घटनाका बारेमा सूचना संकलनको काम भइरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सीले पाए गोल्डेन–सू, दिए रोनाल्डोलाई टक्कर

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी खेलाडी लुइस स्वारेजले शुक्रबार बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरेका हुन् ।

  • वेष्ट ह्याम र लेस्टर सिटीले अंक बाँडे

    मंसिर ९ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • रोनाल्डोले गरे डेम्बेलेको ‘इनसल्ट’, भने ‘मेस्सीसँग खेल्न बार्सिलोना आएको’

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाले यहि सिजन महंगो मूल्यमा भित्र्याएका उसमान डेम्बेलेलाई नचिन्ने बताएका छन् । अहिले एउटै लिगमा खेल्दा चिने पनि बार्सिलोनाले डेम्बेलेलाई अनुबन्ध गरेका बेला आफूले उसलाई नचिनेको रोनाल्डोको भनाई छ ।

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया