MENU

खेल

Ncell Axiata
sagun

​फुटबलर बने धावक : ओलम्पिक च्याम्पियन जन्मिन्छन् वा बनाइन्छन् ?

भदौ ७ – बेलायतका धावक मो फराह सफल एथ्लेट हुन् । उनले रियो ओलम्पिकमा ५ हजार र १० हजार मिटर स्पर्धामा स्वर्ण पदक जिते । त्यसअघि सन् २०१२ को लण्डन ओलम्पिकमा पनि फराहले दुवै स्पर्धामा स्वर्ण पदक जितेका थिए । 
ओलम्पिकका सफल धावक फराह भने फुटबलर बन्न चाहन्थे । स्कुलमा हुँदा आफू फुटबल खेल्ने गरेको र भविष्यमा प्रिमियर लिग क्लब आर्सनलबाट खेल्ने सपना बनाएको फराहले बताए । स्कुलमा फुटबल खेल्ने क्रममा दौडिएको देखेर खेलकुद शिक्षकले आफूलाई फुटबल होइन, एथ्लेटिक्समा ध्यान दिन सुझाव दिएको फराहले सुनाए । त्यसपछि नै आफू धावक बन्न लागेको उनको भनाई छ । १३ वर्षको उमेरदेखि उनले दौड सुरु गरेका हुन् । उनले सन् २००१ मा पाँच हजार मिटरमा युरोपियन जुनियर उपाधि जिते । दौडलाई आफूले पेशानै बनाए पनि डबल ओलम्पिक च्याम्पियन बन्छु भन्ने नलागेको उनको भनाई छ । 

उनले भने ‘मेरा लागि लण्डन ओलम्पिक र रियो ओलम्पिक दुवै सपना विपनामा परिणत भए जस्तै भयो ।’ लगनशिलता र जित्छु भन्ने अठोटकै कारण आफू स्वर्ण पदक जित्न सफल भएको उनले बताएका छन् । उनले भने ‘मैले जितका लागि सपना देखिन, त्यसका लागि प्रशिक्षित भएँ ।’ उनले थपे ‘रियो जानु भन्दा अघि म हप्ताको एक सय २० माइल दौडिन्थे, म लगभग रोबोट जस्तै भएको थिएँ–खायो, सुत्यो, प्रशिक्षण लियो फेरि त्यसलाई दोहोर्‍यायो । जितका लागि त्याग आवश्यक छ । शरीरले भयो अब नदौडी भनेर रुँदा पनि दौडिन छोडिन । प्रशिक्षण क्याम्पमै रहेका कारण बच्चाको जन्मदिन मिस पनि गरेँ ।’ जितका लागि तयारी सबै भन्दा महत्वपूर्ण । 

– स्रोत : बिबिसी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मेस्सीले पाए गोल्डेन–सू, दिए रोनाल्डोलाई टक्कर

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले गोल्डेन–सू अवार्ड जितेका छन् । गएको सिजन युरोपियन क्षेत्रका लिगामा सबैभन्दा बढी गोल गरेका मेस्सीलाई बार्सिलोनाका साथी खेलाडी लुइस स्वारेजले शुक्रबार बार्सिलोनामा आयोजित अवार्ड वितरण समारोहमा गोल्डेन–सू अवार्ड प्रदान गरेका हुन् ।

  • वेष्ट ह्याम र लेस्टर सिटीले अंक बाँडे

    मंसिर ९ – इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वेष्ट ह्याम युनाइटेड र लेस्टर सिटीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

  • रोनाल्डोले गरे डेम्बेलेको ‘इनसल्ट’, भने ‘मेस्सीसँग खेल्न बार्सिलोना आएको’

    मंसिर ९ – स्पेनिस ला लिगा क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोले बार्सिलोनाले यहि सिजन महंगो मूल्यमा भित्र्याएका उसमान डेम्बेलेलाई नचिन्ने बताएका छन् । अहिले एउटै लिगमा खेल्दा चिने पनि बार्सिलोनाले डेम्बेलेलाई अनुबन्ध गरेका बेला आफूले उसलाई नचिनेको रोनाल्डोको भनाई छ ।

  • महिला क्रिकेट : नेपालको पहिलो जित, मलेसियालाई ३३ रनले हरायो

    काठमाडौं, मंसिर ८ – महिला ट्वेन्टी ट्वेन्टी विश्वकप क्रिकेट एसिया छनौटमा नेपालले पहिलो जित हात पारेको छ । नेपालले शुक्रबार आफ्नो चौथो खेलमा मलेसियालाई ३३ रनले हराएको हो ।

  • मेस्सीले बार्सिलोनाको सम्झौतामा अझै गरेनन् हस्ताक्षर

    स्पेनिस फुटबल क्लब बार्सिलोनाका स्टार स्ट्राइकर लियोनल मेस्सीले क्लबसँगको नयाँ सम्झौतामा अहिलेसम्म हस्ताक्षर गरेका छैनन् । गएको जुलाईमा मेस्सीले सन् २०२१ सम्मका लागि सम्झौतामा हस्ताक्षर गरेको बार्सिलोनाले जनाए पनि अझैसम्म हस्ताक्षर नभएको हो ।

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया