MENU

खेल

Ncell Axiata

२० वर्षकै उमेरमा सन्यास

भदौ ७ – बेलायतकी जिमनास्टिक खेलाडी रुबी हारोल्डले सन्यासको घोषणा गरेकी छन् । रियो ओलम्पिकमा प्रतिस्पर्धा गरेकी हार्रोल्डले २० वर्षको उमेरमै सन्यासको घोषणा गरेकी हुन् । उनी बेलायतको महिला अलराउण्ड टिमकी सदस्य थिइन् । बेलायती टिम पाँचौं भएको थियो । उनले सन् २०१४ को कमनवेल्थ गेम्समा टिम अलराउण्डमा स्वर्ण पदक जितेकी थिइन् । यस्तै व्यक्तिगत अलराउण्डमा कास्य पदक पनि जितेकी थिइन् ।

धेरैजसो जिमनास्टले कम उमेरमै सन्यास लिने गरेका छन् । प्रतिस्पर्धाको क्रममा शारीरिका विभिन्न भागमा चोट लाग्ने भएकाले उनीहरुले कम उमेर सन्यास लिने गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया