MENU

खेल

Ncell Axiata
USAID

मेस्सीलाई पछ्याउँदै नेइमार

भदौ ९ – ओलम्पिक फुटबलमा ब्राजिललाई पहिलो पटक स्वर्ण पदक दिलाएका कप्तान नेइमारले लियोनल मेस्सीलाई पछ्याएका छन् । नेइमारले घरेलु मैदानमा भएको रियो ओलम्पिकमा आफ्नो नेतृत्व तथा आफ्नै महत्वपूर्ण गोलबाट ब्राजिलाई पहिलो पटक ओलम्पिकको पुरुष फुटबलमा जर्मनीलाई हराएर स्वर्ण पदक दिलाएका हुन् । नेइमारले यो जितको खुसी कपाल सुनौलो बनाएर व्यक्ति गरेका छन् । नेइमारले बार्सिलोनाका साथी खेलाडी मेस्सीको जस्तै कपाल सुनौलो बनाएका छन् । यस्तै उनले नाडीमा ओलम्पिक रिङको ट्याटु पनि बनाएका छन् । उनले रियो २०१६ सहित ओलम्पिक रिङको ट्याटु बनाएका हुन् ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया