MENU

खेल

Ncell Axiata
USAID

ओलम्पिक फुटबल : माछा न चरा

भदौ १३ – फुटबलको अन्तर्राष्ट्रिय प्रशासकीय निकाय फिफाका अध्यक्ष जिआनी इन्फान्टिनोले ओलम्पिक फुटबलको अहिलेको संरचना उपयुक्त नभएको बताएका छन् । खेलाडीको उमेर हद तथा खेल क्यालेन्डरका कारण ओलम्पिक फुटबल उपयुक्त नदेखिएको इन्फान्टिनाको भनाई छ । इन्फान्टिनोले भने ‘ओलम्पिकको पुरुष फुटबलमा मुख्य गरी २३ वर्षमुनिका खेलाडी हुन्छन्, केही त्यो भन्दामाथिका, तर यो राम्रो समाधान होइन ।’ उनले अघि भने ‘यो संरचनाका कारण  ओलम्पिक फुटबल प्रतियोगिता न माछा भयो न चरा । यस्तै फुटबल क्यालेन्डर पनि निकै टाइट छ ।’ क्यालेन्डर टाइट भएकै कारण क्लबहरुले खेलाडी रिलिज गर्न मान्ने गरेका छैनन् । सन् २००८ देखि खेलाडी रिलिज गर्न बाध्य हुने व्यवस्था पनि हटेको छ । ओलम्पिकमा महिला फुटबल समावेशीताका लागि मात्रै राखिएको इन्फान्टिनोको भनाई छ । ओलम्पिक फुटबलका कमजोरिलाई हटाउन राम्रो समाधान खोज्नु पर्ने उनको भनाई छ ।

रियो ओलम्पिकमा पुरुष तर्फ ब्राजिलले जर्मनीलाई हराएर स्वर्ण जित्यो भने महिला तर्फ स्वीडेनलाई हराएर जर्मनीले स्वर्ण जित्यो । पुरुष फुटबलमा १६ तथा महिला फुटबलमा १२ टिमको सहभागिता थियो ।  

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया