MENU

राजनीति

Ncell Axiata

तरुण दल चितवनका अध्यक्ष पक्राउ

काठमाडौँ, भदौ २३— हत्या तथा आक्रमणको आरोप लागेका तरुण दल चितवनका जिल्ला अध्यक्ष शिव पौडेललाई प्रहरीले पक्राउ गरेको छ । पौडेललाई आज बिहान प्रहरीले काठमाडौँबाट पक्राउ गरेको हो ।

भदौ ८ गते चितवनको कबिलासमा सञ्जय लामाको गोली हानी हत्या गरेको अभियोगमा चितवन प्रहरीको विशेष अनुरोधमा पौडेललाई काठमाडौमा रहेको उनकै घरबाट पक्राउ गरिएको प्रहरी श्रोतको भनाई छ । पौडेललाई आजै चितवन पठाइएको महानगरीय प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

लामाको हत्या पौडेलको निर्देशनमा भएको भन्दै लामाका परिवारले पौडेल सहित १५ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा किटानी जाहेरी गरेका थिए । किटानी जाहेरी परेका साजन गुरुङ र प्रमिस राई यसअघि नै पनि पक्राउ परेका छन् ।
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया