MENU

राजनीति

ujyaalo forign call inside

​गोरखामा ११ वटा स्थानीय तह रहने, वारपाकीको असन्तुष्टि

गोरखा, कात्तिक २२ – गोरखामा ११ वटा स्थानीय तह रहने गरि तयार भएको प्रस्ताव स्थानीय तह पुनर्संरचना आयोगमा पठाइएको छ । दलहरुबिच भएको सहमती र कुरा नमिलेका विषय समेत समेटेर आयोगमा प्रस्ताव पठाइएको जिल्ला प्राविधिक सहयोग समितिले जनाएको छ । 

समितिले जिल्लामा क्रियाशिल राजनीतिक दलहरुसँग छलफल गरी गोरखामा दुई नगरपालिका र ९ वटा गाउँपालिका रहने टुंगो लगाएको हो । जसअनुसार गोरखा नगरपालिकामा ताप्ले र देउराली गाविस तथा पालुङटारमा मिरकोट, धुवाँकोट र खोप्लाङ गाविस थप्ने प्रस्ताव गरिएको छ । 

नौ गाउँपालिका अन्तर्गत उत्तरी ७ गाविस समेटेर चुमनुब्री गाउँपालिका प्रस्ताव गरिएको छ । जसको केन्द्र सिर्दिबासको फिलिममा रहने र भोटेलामा स्वायत्त प्रदेशका रुपमा मान्यता दिने दलीय सहमति जुटेको प्राविधिक सहयोग समितिले जनाएको छ । 

यस्तै धार्चे गाउँपालिका अन्तर्गत उहीया, लाप्राक, गुम्दा, लापू, केरौंजा र काशिगाउँ गाविस रहने र केन्द्र गुम्दामा रहने प्रस्ताव गरिएको छ ।

मान्बु, थूमी, आरुपोखरी, आरुचनौटे र आरुअर्वाङ गाविस समेटेर आरुघाट गाउँपालिका बनाउने प्रस्ताव गरिएको छ जसको केन्द्र आरुचनौटेमा रहने छ ।

वारपाक, सौरपानी, स्वाँरा, ताकुमाझलाकुरीबोट, ताकुकोट, पन्द्रुङ र पाँचखुवा देउराली गाविस समेटेर बनाइने सुलिकोट गाउँपालिकाको केन्द्र ताकुकोटमा रहने समितिको प्रस्ताव छ । 

तीन नम्वर क्षेत्र अन्तर्गतकै मसेल, धावा, बगुवा, तान्द्राङ, अश्राङ र बोर्लाङ गाविस रहेको भिसेन गाउँपालिका प्रस्ताव गरी वगुवामा केन्द्र राख्ने निर्णय भएको छ । निर्वाचन क्षेत्र नम्वर १ अन्तर्गतको बुंकोट, नाम्जुङ, घैरुङ, ताक्लुङ, बक्राङ र मनकामना गाविसलाई समेटेर भिमसेन गाउँपालिका बनाउने र घैरुङमा केन्द्र राख्ने समितिको प्रस्ताव छ । 

यस्तै घ्याल्चोक, भूम्लिचोक, ताङ्लीचोक, दर्बुङ, फुजेल र मकैसिं गाविसलाई समेटेर प्रस्ताव गरिएको गण्डकी गाउँपालिकाको केन्द्र भूम्लीचोकमा राख्ने दलहरुको सहमति छ । 

क्षेत्र नम्वर २ अन्तर्गत रहने २ वटा गाउँपालिका मध्येको सिरानचोक गाउँपालिकामा हर्मी छोप्राक, गाँखु, थालाजुङ, केराबारी र श्रीनाथकोट गाविस समावेश गरी छोप्राकमा केन्द्र बनाउने प्रस्ताव गरिएको छ । 

यस्तै खरिबोट, हंसपुर, घ्याच्चोक, सिमजुङ, मुच्चोक र जौवारी गाविस समेटेर अजिरकोट गाउँपालिका बनाउने र भच्चेक वजारमा केन्द्र राख्ने जिल्ला प्राविधिक सहयोग समितिले पठाएको प्रस्तावमा उल्लेख छ । तर संख्यामा दलहरुविच सहमति भएपनि केही गाउँपालिकाको केन्द्र र देउराली गाविसका विषयमा भने एकमत हुन नसकेको स्थानीय विकास अधिकारी नारायण आचार्यले बताउनुभयो । 

वारपाकीको असन्तुष्टि

दलहरु समेतको परामर्शमा गोरखामा गाउँपालिका र नगरपालिकाको संख्या र सीमा प्रस्ताव गरिएसँगै असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन् । प्रस्तावित भिमसेन गाउँपालिकाको केन्द्र वगुवा वा मसेल कहाँ रहने भन्ने विषयमा दलहरुसँगै स्थानीय वासिन्दा पनि विभाजित देखिएका छन् । 

यस्तै देउराली गाविसलाई पालुङटार या गोरखा कुन नगरपालिकामा समावेश गर्ने भन्नेबारे पनि एकमत हुन सकेको छैन भने सुलिकोट गाउँपालिकाको विषयमा फरक फरक विवाद देखिएका छन् । 

त्यसको केन्द्र ताकुकोट वा सौरपानी कहाँ राख्ने भन्ने विषयमा दलहरुबिचमै सहमती हुन नसकिरहेका बेला वारपाकवासीले आफूहरुलाई यो गाउँपालिकामा नराख्न माग गरेका छन् । उस्तै भूगोल र रहनसहन भएका लाप्राक, गुम्दा, उहीयालगायतका गाविसलाई धार्चे गाउँपालिकामा राखेर वारपाकलाई अलग्ग्याइएको भन्दै उनीहरुले उक्त प्रस्ताव खारेजीको माग गरेका छन् । 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया