MENU

राजनीति

Ncell Axiata
NIC Asia

पार्टी कुनैपनि हालतमा नफुट्ने माओवादी शीर्ष नेताको दाबी

काठमाडौँ, भदौ २३ — एकीकृत नेकपा माओवादीका शीर्ष नेताहरुले पार्टी कुनै पनि हालतमा नफुट्ने दाबी गरेका छन् । माओवादी वैकल्पिक पोलिटब्यूरो सदस्य सुरेश वाग्ले ‘बासु’को स्मृति दिवसका अवसरमा गोरखा सदरमुकाममा भएको कार्यक्रममा बोल्दै माओवादी नेताहरुले विगतमा अहिलेको भन्दा पनि चर्को मतभेद रहेकोले अहिले सामान्य मतभेदमा पार्टी नफुट्ने बताएका हुन् ।

 



कार्यक्रमलाई सम्बोधन गर्दै माओवादी अध्यक्ष प्रचण्डले कसैले पनि पार्टी फूटाउने हिम्मत नगर्ने दाबी गर्नुभयो । मओवादी फुट्छ भनेर बाहिर निकै हल्ला गरिएको भन्दै प्रचण्डले प्रश्न गर्नुभयो, ‘कसको हिम्मत छ पार्टी फूटाउने ?’ त्यस्तै कार्यक्रममा बोल्दै माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणले पनि मतभेदका कारणले पार्टी नफूट्ने बताउनुभयो ।
कार्यक्रममा छिमेकी जिल्लाबाट समेत ठुलो संख्यामा सर्वसाधारणहरु उपस्थित भएका थिए ।

हतियार राखिएका कन्टेनरको साँचो विशेष समितिलाई बुझाएलगत्तै पार्टीभित्र विवाद चर्किएपछि पहिलो पटक पार्टीका शीर्ष नेता एउटै मञ्चमा देखा परेका हुन् ।
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया