MENU

विज्ञान प्रविधि

Ncell Axiata
sagun

फेसबुकको कमजोरीले जिउँदो मानिस मृत सूचीमा

कात्तिक २७ – फेसबुकले एक असामान्य बग मार्फत धेरै मानिसलाई मृत घोषित गरेको छ । फेसबुकको माथिल्लो भागमा आएको एक बगमा धेरै मानिसलाई ‘डेड’ अर्थात मृत भनेर उल्लेख गरिएको थियो । 

शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा यस्तो कमजोरी भएको हो । फेसबुकले प्रयोगकर्ताको प्रोफाइलमा मेमोरियल ब्यानर बनाउने क्रममा भएको त्रुटीका कारण धेरै जीवितको प्रोफाइल ब्यानरमा रिमेम्बरिङ भन्ने बग आएको हो । फेसबुकले मृत घोषित गरेपनि धेरै प्रयोगकर्ताले आफ्ना साथी तथा परिवारका सदस्यलाई आफू जीवितै रहेको जानकारी दिन स्टाटस अपडेट गरेका थिए । 

फेसबुकका एक प्रवक्ताले भने ‘यो निकै गम्भीर त्रुटी भयो, हामीले यसलाई समाधान गरिसकेका छौं । हामी यसका लागि माफि चाहन्छौं ।’ फेसबुकले प्रयोगकर्ताको प्रोफाइलमा रिमेम्बरिङ भन्ने ब्यानर बनाउने क्रममा त्रुटी भएको हो । यस्तो ब्यानर फेसबुकका सिइओ मार्क जुकरबर्गको पेजमा पनि आएको थियो ।

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया