MENU

विज्ञान प्रविधि

Ncell Axiata

यस्तो देखियो ऐतिहासिक ‘सुपरमुन’

काठमाडौं, कात्तिक ३० – सोमबार पछिल्लो ६८ वर्षमा चन्द्रमा सबैभन्दा नजिक आयो । नेपाली समय अनुसार सोमबार बेलुका पाँच बजेर ६ मिनेट जाँदा चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आएको हो । चन्द्रमा पृथ्वीबाट तीन लाख ५६ हजार पाँच सय ९ किलोमिटर पर देखिएको हो । सोमबार सन् १९४८ पछि चन्द्रमा पृथ्वीको सबैभन्दा नजिक आएको हो । सोमबार चन्द्रमा नियमित पूर्णिमामा भन्दा १४ प्रतिशत ठूलो देखिएको वैज्ञानिकहरुले बताएका छन् । यस्तै चन्द्रमा अरु पूर्णिमामा भन्दा ३० प्रतिशत बढी चम्किलो भएको छ । यसपछि सन् २०३४ को नोभेम्बर २५ मा मात्रै यस्तो चन्द्रमा देख्न पाइने छ । सोमबार नेपालसहित विश्वका सबै ठाउँबाट ठूलो र चम्किलो चन्द्रमा देखियो । ऐतिहासिक ‘सुपरमुन’ का उत्कृष्ट तस्बिर विश्वभरका फोटो पत्रकारले खिचेका छन् । 

- तस्बिर : नासा, एपी, गेट्टी इमेज, इपिए र एएफपी

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • यतिले ल्यायो एटिआर विमान

    काठमाडौं, साउन ७ – निजी वायुसेवा कम्पनी यति एयरलाइन्सले पहिलोपटक एटिआर विमान भित्र्याएको छ । यति एयरलाइन्सले १ अर्ब रुपैयाँको लगानीमा ७२ सिट क्षमताको विमान खरिद गरेको हो ।

  • अब मोबाइलबाटै प्राथमिक उपचार

    काठमाडौं, साउन ५ – नेपाल रेडक्रस सोसाइटीद्वारा तयार पारिएको प्राथमिक उपचार मोवाइल एप्लिकेशन शुक्रबार वरिष्ठ हास्यकलाकार एवं समाजसेवी मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको प्रमुख आतिथ्यतामा सार्वजनिक गरिएको छ ।

  • पृथ्वी ‘प्लानेट प्लाष्टिक’ बन्दै

    पृथ्वी प्लाष्टिक ग्रह बन्दै गएको भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् । अमेरिकी अनुसन्धानकर्ताकाले पृथ्वीमा ८ अर्ब ३० करोड टन प्लाष्टिक उत्पादन भएको बताएका छन् ।

  • फेसबुक, ट्वीटर धेरै चलाउनुहुन्छ ? डिप्रेसनको खतरा !

    साउन ४ – सामाजिक सञ्जालले युवा पुस्तामा चिन्ताको दर बढिरहेको एक अध्ययनले देखाएको छ । दुव्र्यवहार विरुद्धको संस्था डिच द लेबलले गरेको अध्ययनका अनुसार युवा पुस्तामा सामाजिक सञ्जालबाट आफूमाथि हिंसा हुनसक्ने चिन्ता तथा डर बढिरहेको पाइएको हो ।

  • चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक

    काठमाडौं, साउन ३ – चौथो राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडमा छनौट भएकाको नाम सार्वजनिक भएकोे छ । ओलम्पियाडमा ५ जना विद्यार्थी उत्कृष्टमा परेका छन् ।

सबै हेर्नुहोस
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया