MENU

विज्ञान प्रविधि

USAID

यम ग्रहको सतहमुनि समुद्र

मंसिर २ – यम ग्रहको सतहमुनि समुद्र रहेको वैज्ञानिकले बताएका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्ष यान न्यु होराइजनले दिएको डाटाको विश्लेषणबाट यम ग्रहको सतहमुनि समुद्र रहेको र त्यहाँको पानी हिउँ अवस्था रहेको नेचरमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । यम ग्रहको मुटुको रुपमा चिनिने रातो देखिने सहतको भित्र समुद्र रहेको वैज्ञानिकको भनाई छ । सतहमुनि रहेको पानि पग्लिँदै गरेको हिउँ जस्तो रहेको वैज्ञानिकले बताएका छन् । गएको वर्षको जुलाइमा यम ग्रहको अध्ययनका लागि गएको न्यु होराइजन अन्तरिक्ष यानले अहिले अध्ययन गरिरहेको छ । रातो देखिने यम ग्रहको सतहको भित्री भागमा समुद्र रहेको देखिए पनि यस सम्बन्धमा थप अनुसन्धानको खाँचो रहेको वैज्ञानिकको भनाई छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया