MENU

विज्ञान प्रविधि

USAID

एनसेलले ल्यायो ‘एकमा दुई अफर’, अब २५ पैसामा एक मिनेट फोन गर्न पाइने

काठमाडौं, मंसिर ६ – मोवाइल सेवा प्रदायक कम्पनी एनसेलले भ्वाइस प्याकमा ‘एकमा दुई अफर’ ल्याएको छ । यस योजना अन्र्तगत एनसेलका प्रिपेड ग्राहकले अब करसहित २५ पैसा प्रति मिनेटमा एनसेलको नम्बरमा फोन गर्न सक्ने छन् । यो योजना सोमबारदेखि सुरु भएको छ ।

यस योजना अन्र्तगत अहिलेकै मूल्यमा दैनिक, साप्ताहिक वा मासिक भ्वाइस प्याक खरिद गर्दा दोब्बर मिनेट प्राप्त गर्नेछन् । यसको अर्थ ११ रुपैयाँमा ११ मिनेट टक टाइम भएको  दैनिक भ्वाइस प्याकको खरिदमा २२ मिनेट टक टाइम प्राप्त प्राप्त हुने र यो २४ घण्टाको लागि मान्य हुने एनसेलले जनाएको छ ।

साप्ताहिक भ्वाइस प्याकमा ६० रुपैयाँमा सात दिनको समयसिमा भएको १४० मिनेट टक टाइम पाउनेछन् । त्यसैगरी, मासिक भ्वाइस प्याकमा अब २०० रुपैयाँमा ४०० मिनेट नभई ८०० मिनेट प्राप्त  हुनेछ । 

यसरी अब मासिक भ्वाइस प्याक खरिद गर्दा २५ पैसा प्रति मिनेटसम्ममा कल गर्न सकिनेछ । युएसएसडी, आईभिआर, एसएमएस लगायतका माध्यमबाट भ्वाइस प्याक सुरु गरी  ‘एकमा दुई अफर’ लिन सकिनेछ ।

१७११८ डायल गरेर दैनिक भ्वाइस प्याकका लागि १, साप्ताहिक भ्वाइस प्याकका लागि २ र मासिक भ्वाइस प्याकका लागि ५  थिचेर यो सेवा सुरु गर्न सकिने एनसेलले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​अब देशभर ‘फोर जी’ सेवा

    काठमाडौ, माघ ५ – सूचना, सञ्चार तथा प्रविधिमा तीव्रगतिमा फड्को मारिरहेको दूरसञ्चार क्षेत्रले मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ ।

  • तीन व्यक्तिको डिएनएसहित एक बच्चाको जन्म

    माघ ५ – युक्रेनमा ‘तीन व्यक्ति–आइभिएफ’ पद्धतिबाट एक शिशुको जन्म भएको छ । बच्चा जन्माउन नसक्ने दम्पतीले ‘तीन व्यक्ति–आइभिएफ’ सन्तान पाएका हुन् ।

  • पिसाबले बताउँछ, तपाईं के खानु हुनुहुन्छ

    काठमाडौं, माघ २ – पिसाबको परीक्षणबाट मानिसले कत्तिको स्वस्थकर खाना खाएको छ भन्ने पत्तालगाउन सकिने भएको छ । बेलायतका वैज्ञानिकले व्यक्तिको पिसाबको परीक्षणबाट उसले खाएको खाना कत्तिको स्वस्थकर थियो भन्ने थाहा पाउन सकिने बताएका हुन् ।

  • लगानी कोषको पनि मोबाइल एप्लिकेसन सेवा

    काठमाडौं, माघ १ – नागरिक लगानी कोषले आफ्ना बचतकर्तालाई मोबाइल एप्लिकेसनबाट बचत रकम र विवरणबारे जानकारी दिने सेवाको सुरुआत गरेको छ ।

  • ​श्रम स्वीकृतिका सबै काम अनलाइनबाटै

    काठमाडौं, पुस २९- आउँदो सोमबार देखी व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाटै लिन सकिने भएको छ । वैदेशिक रोजगार विभागको ताहचाल कार्यालयमा यसका लागि तयारी पुरा भएको श्रम ताथ रोजगार मन्त्रालयका सुचना अधिकारी श्यामराज अधिकारीले जानकारी दिनुभयो ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया