MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

पुरुषका लागि गर्भनिरोधक सुई, यसरी भयो सम्भव

काठमाडौं, मंसिर १६ – पुरुषका लागि गर्भनिरोधक सुईको परिक्षण गरिएको छ । जर्नल अफ क्लिनिकल एन्ड्रोक्राइनोलोजी एण्ड मेटाबोलिजममा छापिएको अनुसन्धानका अनुसार पुरुषमा हार्मोन इन्जेक्सनको प्रयोग सफल तथा प्रभावकारी पाइएको हो । 

अमेरिकी अनुसन्धानकर्ताले २ सय ७० जना पुरुषमा हार्मोन इन्जेक्सनको प्रयोग गरेका थिए जसमा जम्मा ४ जनाका श्रीमतीले मात्रै अनुसन्धानका क्रममा गर्भधारण गरेका थिए । यस इन्जेक्सनलाई ९६ प्रतिशत प्रभावकारी मानिएको छ । विगत २० वर्षदेखि पुरुष गर्भनिरोधक साधनका बारेमा अध्ययन गरिरहेका अनुसन्धानकर्ताले कुनै पनि साइड इफेक्टबिनै पुरुषमा शुक्राणु उत्पादन कम गर्नेबारे खोज गरिरहेका छन् ।  

पुरुषमा शुक्राणु उत्पादन लगातार हुने गर्दछ भने वीर्यमा हुने झण्डै साढे १ करोड शुक्राणुलाई घटाएर १० लाख प्रतिमिलिलिटरसम्म ल्याउन हार्मोन आवश्यक हुन्छ । अध्ययनमा संलग्न पुरुषलाई ८ हप्तासम्म प्रोजेस्टेरोन तथा अर्को एक प्रकारको टेस्टोस्टेरोन हार्मोन दिइएको थियो भने ६ हप्तासम्म निगरानीमा राखिएको थियो । फलस्वरुप उनीहरुको वीर्यमा शुक्राणुको संख्या घटेर १० लाख प्रति मिलिलिटर पुगेको थियो ।  

गर्भनिरोधक सुईको प्रयोग रोकेपछि उनीहरुमा शुक्राणुको उत्पादन पहिलेकै अवस्थामा पुगेको अनुसन्धानकर्ताले बताएका छन् । पुरुष गर्भनिरोधक सुईको उत्पादनका लागि यो अध्ययन सहयोगी भएको भन्दै अनुसन्धानकर्ताले अझै अनुसन्धान आवश्यक रहेको बताएका छन् ।  

स्राेत : बिबिसी

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सञ्चारको युग ! एक मिनेट फोन गर्न डेढ घण्टा हिँड्नु पर्छ

    देशभर सञ्चार सेवा विस्तार हुँदै गएपनि अझै आफन्तसँग बोल्नका लागि झण्डै डेढ घण्टा हिँड्नुपर्छ भन्दा पत्यार नलाग्न सक्छ । तर सोलुखुम्बुको गुदेल गाविसको योक्स्खा गाउँका बासिन्दा फोन गर्नकै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।

  • मस्तिष्क दान गर्न वैज्ञानिकको अपिल

    फागुन ७ – वैज्ञानिकहरुले निधनपछि आफ्नो मस्तिष्क दान गर्न मानिससँग अपिल गरेका छन् । अनुसन्धानका लागि मष्तिस्कको अभाव भएकाले मस्तिष्क दान गर्ने बानी बढाउनु पर्नेमा वैज्ञानिकले जोड दिएका हुन् ।

  • युरोपबाट प्राविधिक ल्याएर जोडियो अत्याधुनिक अपरेशन मेसिन

    काठमाडौं, फागुन ६ – नेपालमै पहिलोपटक अत्याधुनिक अपरेशन मेसिन भित्रिएको छ । ६ करोडको लागतमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा अत्याधुनिक अपरेशन मेसिन ल्याइएको हो ।

  • भिटामिन ‘डी’ को पिल्सले जोगाउँछ रुघा र फ्लुबाट

    फागुन ५ – भिटामिन ‘डी’ को पिल्स खाएमा रुघा तथा फ्लुको संक्रमणकाट बच्च सकिने वैज्ञानिकले बताएका छन् । नयाँ अनुसन्धानले भिटामिन ‘डी’ को पिल्स खाएमा चिसोका कारण लाग्ने रुघा तथा फ्लुबाट बच्च सकिने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

  • डाइनोसर, गोही तथा चराले पनि बच्चा जन्माउँथे

    फागुन ४ – वैज्ञानिकले डाइनोसर, गोही तथा चराले सोझै बच्च नै जन्माउने गरेको गरेको पहिले प्रमाण फेला परेका छन् । पहिले अण्डा पारेर त्यसबाट बच्चा कोरल्ने प्रजातिका डाइनोसर, गोही तथा चराले सोझै बच्चा नै जन्माउने गरेको प्रमाण फेला पारेको अनुसन्धानकर्ताले बताएका छन् ।

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया