MENU

विज्ञान प्रविधि

USAID

चार अर्ब मानिस इन्टरनेटको पहुँचबाट बाहिर

मंसिर २२ – विश्वका चार अर्ब मानिस अझै पनि इन्टरनेटको पहुँचमा नरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ । विकाशील देशका ६६ प्रतिशत घरधुरी इन्टरनेटको पहुँच भन्दा बाहिर रहेको संयुक्त राष्ट्रसंघीय इन्टरनेट गभर्नेन्स फोरम आइजिएफले उल्लेख गरेको छ । इन्टरनेटको पहुँचमा रहेका मानिसको प्रयोग तथा सेवालाई प्रभावकारी बनाउनु तथा पहुँचमा नरहेकासम्म इन्टरनेट सेवासम्म पुर्‍याउनु अहिलेको चुनौती रहेको आइजिएफले जनाएको छ । इन्टरनेटले सामूहिक स्वार्थपूर्तिका लागि सहयोग गर्ने भएपनि विकासशील देशका अधिकांश मानिस इन्टरनेट सेवाबाट बाहिर हुँदा समस्या भएको छ ।

इन्टरनेटको पहुँचका कारण सामाजिक सेवा तथा विकासमा सहयोग पुग्ने भएपनि सही प्रयोग हुन नसक्दा सामाजिक अपराध बढ्ने खतरा पनि रहेको राष्ट्रसंघको भनाई छ । इन्टरनेटको प्रयोग नयाँ अवसरको खोजी तथा सामाजिक हितका लागि गराउन यससँग सरोकार राख्ने सबै सजग हुनु पर्नेमा जोड दिइएको छ ।

इन्टरनेटका कारण पनि समाजमा विभाजन आउन सक्ने देखिएकाले त्यसको व्यवस्थापनका लागि सबैसम्म यसको पहुँच पुर्‍याउने र प्रयोगलाई व्यवस्थित गर्नु पर्ने आइजिएफले जनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​अब देशभर ‘फोर जी’ सेवा

    काठमाडौ, माघ ५ – सूचना, सञ्चार तथा प्रविधिमा तीव्रगतिमा फड्को मारिरहेको दूरसञ्चार क्षेत्रले मोबाइल इन्टरनेटमा चौथो पुस्ताको सेवा फोर जी सेवालाई देशभर विस्तार गर्ने भएको छ ।

  • तीन व्यक्तिको डिएनएसहित एक बच्चाको जन्म

    माघ ५ – युक्रेनमा ‘तीन व्यक्ति–आइभिएफ’ पद्धतिबाट एक शिशुको जन्म भएको छ । बच्चा जन्माउन नसक्ने दम्पतीले ‘तीन व्यक्ति–आइभिएफ’ सन्तान पाएका हुन् ।

  • पिसाबले बताउँछ, तपाईं के खानु हुनुहुन्छ

    काठमाडौं, माघ २ – पिसाबको परीक्षणबाट मानिसले कत्तिको स्वस्थकर खाना खाएको छ भन्ने पत्तालगाउन सकिने भएको छ । बेलायतका वैज्ञानिकले व्यक्तिको पिसाबको परीक्षणबाट उसले खाएको खाना कत्तिको स्वस्थकर थियो भन्ने थाहा पाउन सकिने बताएका हुन् ।

  • लगानी कोषको पनि मोबाइल एप्लिकेसन सेवा

    काठमाडौं, माघ १ – नागरिक लगानी कोषले आफ्ना बचतकर्तालाई मोबाइल एप्लिकेसनबाट बचत रकम र विवरणबारे जानकारी दिने सेवाको सुरुआत गरेको छ ।

  • ​श्रम स्वीकृतिका सबै काम अनलाइनबाटै

    काठमाडौं, पुस २९- आउँदो सोमबार देखी व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइनबाटै लिन सकिने भएको छ । वैदेशिक रोजगार विभागको ताहचाल कार्यालयमा यसका लागि तयारी पुरा भएको श्रम ताथ रोजगार मन्त्रालयका सुचना अधिकारी श्यामराज अधिकारीले जानकारी दिनुभयो ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सबै दलका नेताले पृथ्वी नारायण शाहले नेपाल एकिकरण गरे भन्दै प्रशंसा गर्ने तर राष्ट्रिय एकता दिवस मनाउन चाँहि किन आनाकानी गरेका हुन् कुन्नि ?

    यज्ञ सापकोटा
  • बेरोजगार नागरिकले जम्मा गरेको करबाट तलव भत्ता खाने तर नागरिककै विषयमा छलफल गर्ने थलोमा हाजिर गरेर टाप कस्ने, यस्ता सांसदबाट हामीले के आशा राख्ने ?

    सुनिल कुमार
  • सबै भुकम्प प्रभावितले कहिले राहत पाउलान् सरकार ? जाडोमा कठ्याङ्ग्रिएर मर्ने अनि वर्षामा रातदिन रुझेर बिताउनुपर्ने बाध्यता कहिले सम्म भोग्नुपर्ने हो ?

    ​दुर्गाप्रसाद घिमिरे
सबै हेर्नुहोस

सोसल मिडिया