MENU

विज्ञान प्रविधि

Ncell Axiata
sagun

टेलिकमको फड्को : अब चीनको बाटोबाट पनि नेपालमा इन्टरनेट

चीनले नेपाललाई टेरेसटेरियल केबुलबाट आइपी सर्भिस दिने

काठमाडौं, मंसिर २२ – नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवलबिच रसुवाको जिलोङ गेटवे हुँदै चीन र नेपाललाई टेरेसटेरियल केबुल (स्थलीय केबुल मार्ग) बाट जोड्न नेपाललाई आइपी सर्भिस दिने सम्झौता भएको छ । नेपाल टेलिकम र चाइना टेलिकम ग्लोवल अप्टिकल फाइबरमार्फत जोडिएका थिए । मंगलबारको सम्झौतापछि चीनसँग स्थल मार्ग हुँदै जोडिएकाले अब त्यहाँबाट पनि अन्य देशका सेवा प्रदायकसँग जोडिन सहज हुने टेलिकमको विश्वास छ । भारत हुँदै प्रयोग गरिएको रुट बाहेक इन्टरनेशनल कनेक्टिभिटीमा चीनको बाटो अर्को महत्वपूर्ण विकल्प भएको हुनेछ । 

अब चिनियाँ मार्गबाट पनि इन्टरनेट आवद्धता सम्भव भएको छ । यसअघि भारतीय मार्गबाट मात्र इन्टरनेट सम्भव थियो । नेपाल टेलिकम भैरहवा, वीरगन्ज र विराटनगर नाकाबाट भारतका विभिन्न दूरसञ्चार सेवाप्रदायकसँग जोडिएकोमा अब चिनियाँ बाटोबाट समेत इन्टरनेटमा आवद्ध हुन सहज भएको छ । 

नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्य र चाइना टेलिकम ग्लोबल लिमिटेड (सीटीजी) का कार्यकारी उपाध्यक्ष ओउ यानले हिजो मंगलबार हङकङमा आयोजित एक कार्यक्रमकाबिच सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

सम्झौता गर्न आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रमुख प्राविधिक अधिकृत लोचनलाल अमात्यले नेपाल टेलिकमले यो थप रुटबाट लाभ लिन सक्ने विश्वास ब्यक्त गर्नुभयो । उहाँले चाइना टेलिकमले भरपर्दो सेवा उपलब्ध गराउने र नयाँ रुटमार्फत नेपाललाई ट्रान्जिट हबको रुपमा स्थापित गर्न सकिने अपेक्षासमेत गर्नुभयो ।

त्यस्तै सीटीजीका कार्यकारी उपाध्यक्ष ओउ यानले चाइना टेलिकमले हिमालय क्षेत्रमा आफ्नो रुट विस्तार कार्य गरिरहेको र यसबाट नेपाल–चीन रुटमा सेवा प्रदान गर्नुका साथै भारतबाट समेत ट्रान्जिट सेवा प्राप्त गर्न सहयोग पुग्ने बताउनु भयो । उहाँले नेपाल टेलिकमलाई अत्याधुनिक सुविधासहितको रुट प्रदान गर्ने प्रतिवद्धता ब्यक्त गर्नुभयो । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया