MENU

विचार/अनुभूति

कसरी पत्याउनु प्रचण्डको सम्पत्ति ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग सम्पत्तिको नाममा तीनतोला सुन र एक कठ्ठा जमिन मात्र, त्यो पनि पैत्रिक रे ! भन्ने थाहा पाउँदा सबैलाई अचम्म लागेको छ । उहाँको सम्पत्ति विवरण सार्वजनिक भएलगत्तै धेरैले यो अस्वभाविक भन्दै शंका गरेका छन् । फेसबुक र ट्वीटरमा प्रधानमन्त्रीको सम्पत्तिलाई लिएर धेरैथरी टीकाटिप्पणी सार्वजनिक भैरहेका छन् । तैपनि प्रधानमन्त्रीको निजी सचिवालयले प्रधानमन्त्रीसँग यति मात्रै सम्पत्ति भएको र कसैलाई थाहा छ भने देखाउन चुनौति दिएको छ । 

तर प्रधानमन्त्रीसँग तीनतोला सुन र एक कठ्ठा जमिन मात्रै भएको कुरा चाहिँ सजिलै पत्याउन मुश्किल छ । किनकी प्रधानमन्त्रीले झारा टार्ने हिसाबले मात्र सम्पत्ति विवरण फारम भरेको देखिन्छ । फारममा भएका अरु धेरै विवरणमा उहाँले केही उल्लेख गर्नुभएको छैन । अरु मन्त्रीहरुले आफूसँग भएको मोबाइल, ल्यापटप, कम्प्युटरको विवरण समेत सार्वजनिक गरेका छन् । तर प्रधानमन्त्रीले झारा टार्ने हिसाबले मात्र फारम भर्नुभएको छ ।

एकछिनलाई मानौं, उहाँको घर पनि छैन, गाडी पनि छैन, जग्गाजमिन पनि छैन । तर गोजीमा मोबाइल त बोकेर हिँड्नुहुन्छ । हातमा महंगो घडी देखिन्छ । लाजिम्पाटको भव्य महलमा बस्नुहुन्छ । उहाँले अपत्यारोले ढंगले सम्पत्ति आर्जन गरेको भनेर माओवादीकै नेताहरुले आलोचना गर्दै आएका छन् । 

उहाँले सम्पत्ति विवरणमा आफूसँग भएको मोबाइल खै देखाएको ? सबैभन्दा गरिब भनिएका पूर्व प्रधानमन्त्री सुशील कोइरालाले त आफूसँग भएको मोबाइल समेत सार्वजनिक गर्नुभएको थियो । के प्रधानमन्त्री प्रचण्डले बोकेर हिँड्ने मोबाइल उहाँको होइन ? अनि उहाँसित ल्यापटप र कम्प्युटर पनि छैन ?

पहिलो संविधानसभादेखि अहिलेसम्म उहाँ सभासद र सांसद मात्र होइन, दुईपटक त प्रधानमन्त्री भैसक्नुभएको मान्छे । मासिक रुपमा पारिश्रमिक एवं तलब भत्ताबाट आर्जन हुने सम्पत्ति कहाँ गयो ? सबै पार्टीमा बुझाउनुभएको त होइन होला नि ? 

प्रधानमन्त्री र उहाँको परिवारलाई बाहिरबाट झट्ट हेर्दा सम्पत्तिको नाममा तीनतोला सुन र एक कट्ठा जग्गा मात्रै भएको गरीब मान्छे भनेर कसैगरी पनि देखिंदैन । सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेरेरै थाहा हुन्छ, उहाँ यतिधेरै गरीब हुनुहुन्छ भनेर कसैले पनि पत्याएको छैन । र उहाँ यति थोरै मात्र सम्पत्ति भएको नेता हुँदै होइन ।

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति विवरण  

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

  • ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

    सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया