MENU

विज्ञान प्रविधि

Ncell Axiata
USAID

​एनसेलले ल्यायो ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘ट्रान्जिट पास’ सेवा


काठमाडौंं, पुस १ – मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ र ‘रोमिङ ट्रान्जिट पास’ सेवा ल्याएको छ । विदेश भ्रमणमा जाने ग्राहकलाई लक्षित गरी यी सेवा लयाएको एनसेलले जनाएको छ । 

साप्ताहिक रोमिङ् डेटा प्याकअन्तर्गत एनसेलका ग्राहकले अब विदेश भ्रमणमा रहेका बेलामा पनि ५ रुपैयाँ प्रति एमबि सम्मको शुल्कमा डेटा लिन सक्नेछन् । 

ट्रान्जिट पासले ग्राहकलाई प्रमुख ट्रान्जिट गन्तव्यमा रहेका समयमा डेटा सेवा प्रदान गर्ने एनसेलले जनाएको छ । 
यी दुबै सेवा पुस १ गते शुक्रबारदेखि लागु हुनेछन् । ‘साप्ताहिक रोमिङ् डेटा प्याक’अन्तर्गत ग्राहकले १५ सय रुपैयाँमा २५० एमबि डेटा र पाँच हजारमा एक जिबि डेटा खरिद गर्न सक्नेछन् । 

त्यस्तै रोमिङ ट्रान्जिट पास लिने ग्राहकले पाँच सय रुपैयाँको ट्रान्जिट डाटा प्रयोग गर्न सक्नेछन् । साप्ताहिक रोमिङ् डेटा प्याक ५० भन्दा बढि देशमा लागु हुनेछ भने रोमिङ ट्रान्जिट पास १० वटा देशमा लागु हने एनसेलले जनाएको छ । 

एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले एस्ट्रिक्स १७१२९ ह्याज डायल गरी प्राप्त निर्देशनअनुसार ‘साप्ताहिक रोमिङ् डेटा प्याक’ सञ्चालन गर्न सक्नेछन् । रोमिङ सेवा सञ्चालन गर्न एनसेलका प्रिपेड ग्राहकले अंग्रेजीमा ‘ए’ टाइप गरी ९००२२८ मा एसएमएस गर्नुपर्छ । पोष्टपेड ग्राहकले भने एनसेल सेन्टरमा गई  वा आफ्नो अकाउन्ट म्यानेजरलाई सम्पर्क गरी रोमिङ सेवा सञ्चालन गर्न सक्नेछन् । 

ट्रान्जिट सेवा सञ्चालन गर्न ग्राहकले एस्ट्रिक्स १२१२७ ह्याज डायल गरी रोमिङ सेवा सञ्चालन गरी पुनः एस्ट्रिक्स १७१२९ ह्याज डायल गरी निर्देशनअनुसार ट्रान्जिट पास सेवा सञ्चालन गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • सञ्चारको युग ! एक मिनेट फोन गर्न डेढ घण्टा हिँड्नु पर्छ

    देशभर सञ्चार सेवा विस्तार हुँदै गएपनि अझै आफन्तसँग बोल्नका लागि झण्डै डेढ घण्टा हिँड्नुपर्छ भन्दा पत्यार नलाग्न सक्छ । तर सोलुखुम्बुको गुदेल गाविसको योक्स्खा गाउँका बासिन्दा फोन गर्नकै लागि निम्चोला डाँडासम्म जानुपर्ने बाध्यता छ ।

  • मस्तिष्क दान गर्न वैज्ञानिकको अपिल

    फागुन ७ – वैज्ञानिकहरुले निधनपछि आफ्नो मस्तिष्क दान गर्न मानिससँग अपिल गरेका छन् । अनुसन्धानका लागि मष्तिस्कको अभाव भएकाले मस्तिष्क दान गर्ने बानी बढाउनु पर्नेमा वैज्ञानिकले जोड दिएका हुन् ।

  • युरोपबाट प्राविधिक ल्याएर जोडियो अत्याधुनिक अपरेशन मेसिन

    काठमाडौं, फागुन ६ – नेपालमै पहिलोपटक अत्याधुनिक अपरेशन मेसिन भित्रिएको छ । ६ करोडको लागतमा मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा अत्याधुनिक अपरेशन मेसिन ल्याइएको हो ।

  • भिटामिन ‘डी’ को पिल्सले जोगाउँछ रुघा र फ्लुबाट

    फागुन ५ – भिटामिन ‘डी’ को पिल्स खाएमा रुघा तथा फ्लुको संक्रमणकाट बच्च सकिने वैज्ञानिकले बताएका छन् । नयाँ अनुसन्धानले भिटामिन ‘डी’ को पिल्स खाएमा चिसोका कारण लाग्ने रुघा तथा फ्लुबाट बच्च सकिने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका छन् ।

  • डाइनोसर, गोही तथा चराले पनि बच्चा जन्माउँथे

    फागुन ४ – वैज्ञानिकले डाइनोसर, गोही तथा चराले सोझै बच्च नै जन्माउने गरेको गरेको पहिले प्रमाण फेला परेका छन् । पहिले अण्डा पारेर त्यसबाट बच्चा कोरल्ने प्रजातिका डाइनोसर, गोही तथा चराले सोझै बच्चा नै जन्माउने गरेको प्रमाण फेला पारेको अनुसन्धानकर्ताले बताएका छन् ।

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया