MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

‘छिँडीभरिको आकाश’ विराटनगरमा

सुमन तिमल्सिना/उज्यालो ।

विराटनगर, पुस २ – विराटनगरमा दर्शक छिँडीभरिको आकाशमा खिचिएका छन् । दुःख, सुख, हाँसो, रोदन अनि त्यही भित्रको चिच्याहटमा रुमल्लिएको नाटक छिँडीभरिको  आकाशले धेरैलाई एकाग्र बनाएको छ ।

विराटनगरस्थित आरोहण गुरुकुलको सुशीला कोइराला घरमा वरिष्ठ आख्यानकार परशु प्रधानले लेखेको  छिँडीभरिको आकाश कथालाई आधार बनाएर विद्यार्थीले नाटक मञ्चन गरेका छन् । विश्वविद्यालयको पाठ्यक्रममा पढाइ हुने छिँडीभरिको आकाश कथालाई विद्यार्थीले नै नाट्य रुपान्तरण गरेका हुन् । 

कक्षा ९ देखि १२ सम्म अध्ययन गर्दै गरेका विद्यार्थीको अभिनय रहेको नाटक हेर्न आउनेको भिड छ । विराटनगरका क्याम्पस  र विद्यालयले अग्रिम बुकिङ गरेर विद्यार्थीलाई नाटक हेराइरहेका छन् । 

नाटक हेर्न विद्यार्थी बस रिजर्भ गरेर आएका छन् । हलमा नअटेर भुइँमा समेत बसेर विद्यार्थी र अन्य दर्शकले नाटक हेरेका छन् । यसअघि असोज १३, १४ र १५ गते पनि यो नाटक मञ्चन भएको थियो । कथाको नाट्य रुपान्तरण युवा साहित्यकार कट्वाल दीपकले गरेका हुन् । कलाकार सुदीप कार्की र सञ्जय मुडियारीले निर्देशन गरेको नाटक हरेक दिन दिउँसो १ र ३ बजे गरी दुई पटक मञ्चन भइरहेको छ । 

नाटक शनिबारसम्म मञ्चन हुनेछ । २ सय २५ जना क्षमताको नाटकघरमा हरेक शो ‘हाउसफुल’ हुने गरेको आयोजक विराट आदर्श साहित्यिक मञ्चले जनाएको छ । नाटकमा आलोक लुइँटेल, सुरेश विद्रोही, सविना भट्टराई, सुरेन्द्र थापा, सरोज श्रेष्ठ, नगेन्द्र खड्का, अञ्जली श्रेष्ठ, नर्वदा निरौला, जिना राई, विमला कार्की, लकेश राई, सन्देश बाह्रकोटी, वसन्त कार्की, अञ्जु साह लगायत कलाकारले अभिनय गरेका छन् ।

विभिन्न ठाउँबाट आग्रह आएकाले नाटक फेरि मञ्चन गरिएको आयोजक समितिका कट्वाल दीपकले जानकारी दिनुभयो । नाटकलाई यो स्तरमा ल्याउनको लागि धेरै मेहनत परेको विद्यार्थी तथा नाटकका निर्देशक सुदीप कार्कीले बताए । सबै विद्यार्थी भएकोले आलोकाँचालाई निखार्न समय लागेको कार्कीको भनाई छ ।

‘नाटक हेर्न दर्शकको उपस्थिति देखेर हामी निकै उत्साहित भएका छौं’ कार्कीले भने ‘यसबाट हामीलाई थप हौसला प्राप्त भएको छ ।’ नाटकमा अभिनय गर्ने अधिकांश कलाकार विराटनगरकै विभिन्न क्याम्पस र विद्यालयमा अध्ययनरत विद्यार्थी हुन् । कलाकारको जीवन्त अभिनयले नाटकलाई थप सशक्त बनाएको छ । 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

  • ध्रुवचन्द्र गौतमको ‘एक आनाको जमाना’ सार्वजनिक

    काठमाडौं, पुस १७ –साहित्यकार ध्रुवचन्द्र गौतमद्वारा लिखित ‘एक आनाको जमाना’ अनुभवन्यास(पुस्तक) विमोचन भएको छ ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया