MENU

विचार/अनुभूति

Ncell Axiata
USAID

परदेशका बस्तीभित्र भेटिएका दयालु हस्तीहरु

उमाकान्त पाण्डे  (युएई) -

गएको वर्षको सुरुवातकै दिनतिर हो । म नेपालमा सुदूरपश्चिम भनिएजस्तै संयुक्त अरब एमिरेट्स युएईको सुदूरपश्चिम अलऐनबाट अर्को त्यस्तै सुदूर रसअलखेमा पुगेको थिएँ । त्यहाँका दुई अस्पतालमा दुईजना नेपाली युवा कोमामा भएको थाहा पाएर म उनीहरुलाई भेट्न त्यहाँ गएको थिएँ । 

झन्डै दुईसय ५० किलोमिटरको दूरीमा रहेको गाउँ जाने भएपछि बाटोमा पर्ने धेरै वस्तीहरु पार गर्नुपर्ने थियो । अलऐनबाट निस्कने थाहा पाएपछि दुबईमा कार्यरत बारा घर भई युएईमा दुस्ख पाएका धेरै नेपालीलाई साथ दिँदै आएका सुरेश खड्काले बोलाउनुभयो । उहाँ कार्यरत कम्पनीमै एकजना इजिप्सियन नागरिकले नेपालीलाई छुरा प्रहार गरेर हत्या गरेछ । बारा सिमराऔराका ४१ वर्षिय दीपेन्द्र उप्रेतीलाई छुरा प्रहार गरेर हत्या भएपछि त्यहाँ कार्यरत नेपालीहरु त्रासमै दिन बिताइरहेका रहेछन । सुरेश खड्काकै नेतृत्वमा मृतकको परिवारलाई राहत स्वरुप झन्डै ३ लाख ६५ हजार रुपैयाँ संकलन गरेर नेपाल पठाईएको थियो । मृतकको परिवारले अहिले पनि उहाँलाई नै सम्पर्क गरेर मुद्दा के हुँदैछ  भनेर सोधीखोजी गर्ने गर्छन् । 

उहाँले दूतावासमा आफन्त र कम्पनीबिच समन्वय गरिरहन्छन् । तर उहाँलाई संचार माध्यममा आउन वा चर्चा बटुल्न भने कुनै मोह छैन । उहाँ भन्नुहुन्छ, 'संघसस्था चाहिन्छन तर संस्थामै बसे काम गर्नुपर्ने नत्र नगर्ने भन्ने हुँदैनु। जहाँ जस्तो गर्न सकिन्छ सहयोग गर्न तयार छु , सक्दो गर्ने न हो । '

उहाँलाई भेटेर(बसेर म रसअलखेमातर्फ सोझिएकोबारे सामाजिक सन्जालमा स्टाटस राखें । सारजाहमा कार्यरत अर्घाखाँची संपर्क समिति युएईका अध्यक्ष राजु खड्काले आफ्नो सवारी साधन हुर्इंकाएर म भएकै ठाउँमा आउने र रसअलखेमा यात्रामा निस्कने बताउनुभयो । दुई दिनको छुट्टि कार्यलयमा मिलाएर म त्यसतर्फ निस्किएको थिएँ । खड्काको साथले झन सहजता थपिएको थियो । 

रसअलखेमा पुग्दा झमक्कै रात परेको थियो । आबुधाबीबाट अर्का सहयोगी साथी शालिकराम पन्थले निरन्तर फलो गरिरहनुभएको थियो । उहाँकै गाउँ गुल्मी दिगामका कमलबहादुर नेपाली मिर्गौलामा समस्या देखिएकाले त्यहाँको अस्पतालमा थलिनुभएको रहेछ । हामीलाई सम्बन्धितसँग पुग्न र बुझ्न थप सजिलो बन्दै थियो  । दुबईबाट रसअलखेमा पुग्न नपाउँदै त्यहाँ समन्वयका लागि मैले सहकर्मी पत्रकार मेघराज सापकोटालाई आफू आउन लागेकोबारे जानकारी गराएको थिएँ । उहाँले त्यहाँ कार्यरत अन्य चिनजानका साथीहरु, मैले सम्पर्क नगरेका तथा त्यहाँ उहाँहरु हुनुहुन्छ भन्ने मैले मेसो नपाएका धेरै अर्घाखाँची-बाग्लुङका युवाहरुलाई खबर गरिसक्नु भएको रहेछ । 

सापकोटाले आफू अपर्झट अन्य केही काममा व्यस्त रहनुपरेको भन्दै मलाई अन्य दुई जनासँग फोन-फोनमै संपर्क गराइदिनुभयो । काम गर्ने, नाम नखोज्ने, सहयोगका लागि सधैँ जुट्ने सिन्धुपाल्चोकका रेशम लामा, बाग्लुङका जीएन शर्मा, अर्घाखाँचीका तामलाल पाण्डे र गुन्जा बस्नेत जोडिए । रेशम रसअलखेमा राज्यको नगरपालिका ९बलिदिया०मा सवारी चालकको रुपमा कार्यरत हुनुहुन्छ । उहाँलाई त्यस क्षेत्रका सरकारी निकाय तथा ब्यक्तित्वसँग चिनजान गर्न सजिलो हुने भएकाले हामीलाई थप सहज भएको थियो । उहाँले हामीलाई शेख खालिफा अस्पतालमा रहेका कमलबहादुर नेपाली, त्यस्तै त्यहाँको अर्को अस्पतालमा सवारी दुर्घटनाका कारण हातखुट्टा भाँच्चिएर मुढो जस्तै पल्टिएका अर्का नेपालीसँग भेट गराइदिनुभयो । 

ती दुई नेपालीको अवस्था नाजुक भएर कोमामै राखिएको रहेछ । कमलबहादुरलाई हामी गएकै दिन सामान्य कक्षमा सारिएको थियो । कुरा गर्दागर्दै उहाँ भक्कानिुभयो । सिन्धुपाल्चोकका रेशम र अर्घाखाँचीका राजु खड्का उहाँलाई सहानुभूति दिंदै हुनुहुन्थ्यो । हामीलाई रसअलखेमामा झिसमिसे बिहानसम्म रेशम र उहाँको टोली सहयोग गर्नैमा तल्लिन थियो । 

कमललाई हामीले भेटेको केही दिनमै नेपाल फर्काउन सकियो । त्यसका लागि रसअलखेमामा रहेका धेरै नेपालीले सहयोग गर्नुभएको थियो । रसअलखेमामा दुई तामाङ एक राम अर्का रेशम भन्दै सरहाना गर्ने मेघराज सापकोटाले सम्पर्क गराएका यी दुई साँच्चिकै सहयोगी छन भन्ने कुरा उनीहरुका गतिबिधीले धेरैलाई प्रस्टाएको छ । 

परदेश अर्थात घरदेशबाट धेरै टाढाको बिरानो मुलुक । अर्काको देश । अर्कै समुदायका मान्छेहरुसँगको हिमचिम । रोजीरोटी गर्न आएका हुन वा अध्ययन व्यापार व्यवसायमा । यही बस्तीभित्र पनि नेपाली हस्तीहरु धेरै भेटिन्छन् जो समस्यामा परेका नेपालीलाई सहयोग गर्न सदैव तयार रहन्छन् ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विद्यार्थीले राजनीति सिकौं, तर नगरौं

    पार्टी वा संगठनको झण्डा अंकित पाठ्यक्रमहरु, सोलुसन म्यानुअलहरु सित्तैमा बाँडिन थालिएको छ । मदन भण्डारी, विपि कोइराला र कम्युनिस्ट नेताहरुको तस्वीर छापिएका टिसर्टहरु नयाँ भर्ना भएका विद्यार्थीहरुलाई आफ्नो संगठनतिर झुकाव बढाउने ललिपप बनेका छन् ।

  • सम्झनाका तरेलीहरु

    इन्जिनियरको लाहाछाप लागेपश्चातको मेरो पहिलो औपचारिक रुपमा सुरुवात गरेको जागिर, अनि त्यस अन्तर्गतको पहिलो फिल्ड यात्रा: रारा तालको जिल्ला मुगु अन्तर्गतको रारा गाविस | यो आफैमा मिठो संयोग थियो | २०६९ चैत्र तिर साथीहरुसहित चार जनाको समूह रारा किनार हुँदै रारा गाविसको मुर्मा गाउँमा पुग्यौं |

  • आफ्नै ठाउँ बिरानो हुँदा

    म कामका लागि विदेश कहिल्यै जान्न । मेरो सीप, लगनशिलता र मेहनत मेरै देश, मेरै ठाउँलाई दिन्छु । मैले धेरै पढ्नुछ । पढेर नेपालमै कुनै एउटा क्षेत्रमा नाम उज्वल बनाउनु छ । मेरो मिसन आफ्नै देशमा मेरो फरक पहिचान बनाउनु हो ।

  • खाडी देशमा काम गर्नेहरुमा मिर्गौला बिग्रिने समस्या किन बढी ?

    केही वर्षयता संसारभर मिर्गौला रोगीहरुको संख्या बढ्दै गएको छ । नेपाल लगायतका वकासोन्मुख देशमा पनि मिर्गौला रोगीहरुको संख्या अत्यन्त चुनौतिपूर्ण रुपमा बढेको छ ।

  • रक्सीमा लठ्ठीएर ड्युटीमा ट्राफिक, कारबाही कसलाई ?

    सिंहदरबारको पश्चिम गेट अगाडि । बिहान १० बजे । अफिस समय भएकाले सडकमा गाडीको चाप धेरै नै थियो । भद्रकालीतर्फबाट सिंहदबारतर्फ जाँदै गरेको एउटा स्कुटरले लेन मिच्यो ।

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया