MENU

साहित्य/ कला

Ncell Axiata
NIC Asia

गोविन्दराज भट्टराई र हरिबहादुर थापा पुरस्कृत

विराटनगर, पुस २ – दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले दुई फरक बिधाका ब्यक्तिलाई पुरस्कृत गरेको छ । प्रतिष्ठानले कान्तिपुर दैनिकका समाचार सम्पादक हरिबहादुर थापालाई दधिराज सुवेदी राष्ट्रिय पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरेको हो । यस्तै प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईलाई दधिराज सुवेदी राष्ट्रिय भाषा साहित्य पुरस्कारबाट पुरस्कृत गरेको हो । 

नेपाली भाषा र साहित्यमा उल्लेखनीय काम गरेको भन्दै भट्टराईलाई पुरस्कृत गरिएको हो । समालोचना, कविता, उपन्यास, वाल साहित्य लगायतका विधामा दुई दर्जन बढी पुस्तक प्रकाशित गर्नुभएका भट्टराई प्राध्यापन पेसामा हुनुहुन्छ । पुरस्कारको राशी ५१ हजार रूपैयाँ नगद रहेको छ । 

दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले शनिबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी पत्रकार थापालाई पुरस्कृत गरेको हो । भ्रष्ट्राचार, अनियमितता तथा कुशासनका विरूद्धमा र विधिको शासनका पक्षमा कलम चलाएको भन्दै थापालाई पुरस्कृत गरिएको छ । 

अढाई दशक भन्दा बढी समय पत्रकारिता गर्नुभएका थापाका आधा दर्जन बढी पुस्तक प्रकाशित छन् । पुरस्कारको राशी नगद २५ हजार रूपैयाँ रहेको छ । दधिराज सुवेदी पुरस्कार प्रतिष्ठानले १५ लाख रूपैयाँको अक्षयकोष स्थापना गरी भाषा साहित्यको क्षेत्रमा उल्लेखनिय योगदान पु¥याउने एक जना श्रष्टा र पत्रकारिता क्षेत्रमा अतुलनीय कार्य गर्ने एक जना पत्रकारलाई प्रत्येक वर्ष पुरस्कृत गर्ने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ‘ओ नायक !’ को विमोचनसँगै कविता विमर्ष

    काठमाडौं, माघ ६ – अहिलेको सन्दर्भमा भानुभक्त फेल भैसकेको बताउँदै मुकारुङले भुपी सेरचनका केही कविता अहिले मनोज गजुरेलका ठट्टा जस्ता लाग्ने बताए ।

  • ‘न्यूरोड ग्याङ’ द्वारा नयनराजको ‘यार’ विमोचन

    काठमाडौं, पुस २९ –साहित्यकार नयनराज पाण्डे संस्मरणात्मक पुस्तक ‘यार’ लिएर पाठकमाझ आएका छन् ।

  • स्रष्टा सम्मानित

    भक्तपुर, पुस २४ – भक्तपुर साहित्यिक समाजको १९ औँ स्थापना दिवसको अवसरमा तीन जना स्रष्टालाई सम्मान गरेको छ ।

  • हैसियत (कथा)

    एकछिन उ घोरियो - कुनै भाउँतो आइलाग्ला भनेर पो हो कि हाकिमसाबले मोबाइल नउठाएको, ल्यान्डलाइन फोनमा म्याडमलाई बोल्न लगाएको ! कि बुढाले वर्ग विभाजनको रेखा ख्याल गर्न थाले !

  • अग्लो बौद्धिक उचाइ

    चिउँडा वरिपरि झुस्स दारी राखी छाड्ने, प्रायः काँधमा सानो ब्याग बोक्ने, हँसिलो अनुहारका टङ्क न्यौपाने...

सबै हेर्नुहोस