MENU

विचार/अनुभूति

मोवाइल र घडी पनि पार्टीलाई बुझाउने छु – प्रधानमन्त्री

पुष्पकमल दाहाल (प्रधानमन्त्री)-

नेपाली कांग्रेस, माओवादीकेन्द्र र मधेशी मोर्चाबीच सकारात्मक छलफल भएको छ । संसदमा दर्ताभएको संशोधन प्रस्तावलाई अगाडि बढाउनेमा हामीबीच सहमति छ । यसमा प्रतिपक्षलाई पनि साथमा लिएर जानुपर्छ ।

संविधान बनाउने काम नेपाली जनताले गरेका हुन् । जनताबाट चुनिएका प्रतिनिधिले संविधानसभाबाट बनाएको संविधान हो यो । संविधान कार्यान्वयन गर्न पनि हामी नेपाली आफै लाग्ने हो । संविधान गतिशील दस्तावेज हो । यो निरन्तर संशोधन, परिमार्जन हुन्छ । अहिले असन्तुष्ट पक्षका जायज माग सम्बोधन गरेर यसको स्वीकार्यता बढाउन संशोधन प्रस्ताव ल्याइएको हो ।

सीमांकन सम्वन्धी प्रस्ताव प्रचण्ड वा अहिलेको सरकारले आबिस्कार गरेर ल्याएको प्रस्ताव होइन । यो विगतमा कांग्रेस र एमालेले हस्ताक्षर गरेर संसदमा प्रस्तुत गरेको प्रस्ताव नै हो । अहिले ममाथि जसरी आरोप लगाइएको छ, यो झुठो हो । यो प्रस्ताव राख्दा सबैलाई मिलनबिन्दु हुन सक्ने ठानेर खासगरी प्रमुख प्रतिपक्ष र मधेशी जनजातिसमेतले पनि स्विार्न सक्ने आधारमा यो प्रस्ताव गरेको हु । 

यसबाट ५ नं क्षेत्रका पहाडी क्षेत्रका जनतालाई जसरी अफ्ठेरो परेको छ, म जनताको भावनालाई सम्मान गर्दछु । तर पार्टीहरु जसले आफै यो प्रस्ताव ल्याएका छन्, ती नै विरोधमा आउनु राम्रो कुरा भएन, नैतिक पनि भएन । मेरो जनतालाई अपिल के छ भने प्रदेशहरुका सिमाकंन, संख्या हेरफेर हुनु भनेको देश विभाजन हुनुजस्तो होइन । यो प्रस्तावले पहाडको विकासलाई जोड दिएको छ र निश्चित क्लष्टरलाई जोडन खोजेको छ भन्ने विषयमा पनि किन नहेर्ने ? यसलाई संघीय लोकतान्त्रिक गणतन्त्रको मर्म र भावना अनुसार हेर्यो भने त्यति धेरै फरक पर्दैन ।

अहिले मैले के सोंचेको छु भने हिजोदेखि मधेश, थारु, जनजातिसहित उत्पीडितसँग जोडिएर म आएकाले पनि उहाँहरुका माग सम्वोधन गर्न सक्छु भन्ने विश्वास छ ।

यथार्थमा भन्दा अरु र हामी माओवादी नेताको स्थिति फरक छ । हामी नेताले व्यक्तिगत सम्पत्ति युद्धकालमै पार्टीलाई बुझाएर आएका हौं । मसँग शिवनगर चितवनमा दाजुभाइ छुट्टिदा आएको डेढ विगाह सम्पत्ति पार्टीलाई बुझाएका हौं । मैले कहिल्यै व्यक्तिगत सम्पत्ति जम्मा गर्ने सोचिन । हामीले व्यक्तिगत सम्पत्ति राखेका छैनौ । मैले सांसद वा प्रधानमन्त्रीको हैसियतले आएको सबै खर्च चलाउँछु, तर जे जति छन्, ती सबै पार्टीकै हुन् । मेरो निम्ति जे जति मोवाइल, घडी छन्, ती नेतृत्वमा नरहँदा पार्टीलाई बुझाउने छु ।

अहिले नेपालमा जे जेलाई हामीले सकारात्मक परिणामका रुपमा स्विकार गरेका छौं, ती सबै जनयुद्धकै कारण सम्भव भएका हुन् । गणतन्त्र, संघीयता, समानुपातिक, समावेशितालगायत जे जति उपलब्धी छन्, यी सबै जनयुद्धका कारण भएका हुन् ।

प्रतिपक्षमा बसेर पनि मैले विगतमा राष्टिय सहमतिका लागि पहल गरेको हु । भुकम्प जाँदा, संविधान घोषणा गर्दा सहमतिका लागि पहल भएको इतिहास छ । प्रतिपक्षलाई ठीक लाग्दैन भने संसदभित्रै छलफल बहस गर्नु परयो । तर संसद नै अवरोध गरेर लोकतान्त्रिक प्रक्रिया रोक्न खोज्नु ठीक भएन ।

अहिले संघीय लोकतान्त्रिक गणतन्त्र उल्ट्याउने कसैले चाहदैमा उल्टन सक्दैन । कतिपय मान्छे अझ प्रतिपक्षले संघीयता हाम्रो एजेण्डा होइन भनिरहनु भएको छ । उहाँहरुलाई त्यस्तो लाग्छ भने पनि अहिले कसैले राजनीतिक खेल खेल्दैमा परिवर्तनका एजेण्डा उल्टन सक्दैन ।

अहिले संविधान निर्माण गर्ने शक्तिको दायित्व छ, संविधान निर्माणमा सहमति जुटाउने ।

अब स्थानीय निकायतर्फ चुनावमा पछाडि फर्कने अवस्था हुँदैन । स्थानीय तहकै चुनाव हुन्छ, कुन आकारमा भन्ने बहस छ । हामीले पछाडि फर्केर निर्वाचन संभव छैन । तर यसमा सहमति नहुने हो भने हिजोका गाविसलाई गाउपालिका भनेर अहिले चुनाव गर्न सकिन्छ भने जाउँ भन्ने हो ।

एकैचोटी ३ वटै चुनाव वा सबभन्दा पहिले केन्द्रीय चुनाव गरौ भन्नु भनेको संघीयता उल्ट्याउने कुरा हो । स्थानीय तहको चुनाव गरेर मात्रै प्रदेश र केन्द्रको चुनाव गर्नुपर्छ भन्ने संविधानको मूलमर्म हो ।

सरकारले सही व्यवस्थापन गर्ने हो र सही मान्छेलाई जिम्मा दिँदा काम गर्न सकिदो रहेछ भन्ने उदाहरण लोड सेडिंगमुक्त बनाउने घटना हो । लोडसेडिंग अन्त्य गरेपछि सरकार अब किसानहरुलाई राहत दिने र त्यो क्षेत्रको विकासका लागि सोचिरहेको छ ।

राष्टिय योजना अनुगमन र निर्देशन गर्नेक्रममा मैले कहाँ कमजोरी छ र कहाँ राम्रो काम भइरहेको छ, त्यो हेरिरहेको छु । सरकारी आयोजनाहरुमा ढिलासुस्ती र अपारदर्शीता देखा परेको छ, यो स्थिति अन्त्य गर्न म लागेको छु । अव केही ठूला आयोजना निर्माण गर्न सरकार लागेको छ ।

भूकम्प पीडितका लागि मैले जुन स्प्रिरिटमा अगाडि बढाउने सोचेको थिए, त्यो हुन सकेको छैन तर सरकार सबै बाधा र अवरोधलाई पन्छाएर अघि बढदैछ ।

म प्रधानमन्त्री बने लगत्तै सुकुम्वासीहरुको समस्या समाधानमा पहल गरेको छु । अब सरकार बास्तविक सुकुम्वासीका लागि लाजपूर्जा नै दिने तयारीमा छ ।

शहीद परिवारलाई दिने भनिएको ५ लाख रुपैया सरकारले दिनेछ र वेपत्ता, घाइते योद्धाप्रति सरकार गम्भीर छ ।

(शनिबार नेपाल टेलिभिजनवाट प्रसारण हुने सीधा कुरा प्रधानमन्त्रीसँग सोधिएका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री–प्रधानमन्त्रीको निजी वेबसाइटबाट)

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

  • ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

    सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया