MENU

साहित्य/ कला

आशाकाजी स्मृति विम्ब पुस्तक प्रकाशित

भक्तपुर, पुस ४ – भक्तपुरको २ नम्बर क्षेत्रबाट निर्वाचित पूर्व सांसद तथा भक्तपुर नगरपालिकाका पूर्व प्रमुख स्वर्गीय आशाकाजी बासुकलाको स्मृतिमा ‘आशाकाजी स्मृति बिम्ब’ पुस्तक प्रकाशित भएको छ । 

पूर्व सांसद बासुकलाका परिवारजनद्वारा गठित आशाकाजी स्मृति प्रतिष्ठानद्वारा प्रकाशित ग्रन्थको नेपाल मजदूर किसान पार्टीका अध्यक्ष तथा सांसद नारायणमान बिजुक्छेले विमोचन गर्नुभएको हो ।  

प्रतिष्ठानकी अध्यक्ष ज्योति किरण बासुकला शिल्पकारको सभापतित्वमा सम्पन्न समारोहमा स्वर्गीय बासुकलाकी धर्मपत्नी नकली बासुकलाले पुस्तक समर्पण गर्नुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सांसद झलकनाथ वाग्ले, पूर्व सांसद मञ्चका महासचिव शंकरनाथ अधिकारी, भिक्षु तपस्सी धम्म, डा. जुनु बासुकला रञ्जितकार, साहित्यकार चन्द्र बहादुर उलक, पत्रकार कुमार रञ्जित लगायतले स्वर्गीय बासुकलाको योगदानबारे चर्चा गर्नुभएको थियो । 

सभामुख ओनसरी घर्ती मगरले कार्यक्रम सफलताको शुभकामना ग्रन्थमा सांसद बासुकलाको डायरी प्रकाशित छ, जसमा विकास निर्माण र तात्कालिन अवस्थाको राजनीतिक वस्तुस्थिति बुझाउँछ । प्रतिष्ठानले आगामी दिनमा समाजका विभिन्न क्षेत्रमा सेवा प्रदान गर्ने जनाएको छ ।

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • ​साहित्य यात्रा सगरमाथा सँगसँगै : सगरमाथा हेर्दै रचना वाचन

    ओखलढुंगा, चैत २९– नयाँ वर्षको पूर्व सन्ध्यामा नयाँ वर्ष मनाउनेहरुका विभिन्न कार्यक्रमका सूची तयारी भैसके । घुमफिर, भेटघाट, वनभोज, सांस्कृतिक कार्यक्रमको आयोजनाजस्ता कार्यक्रममा नेपालीहरु व्यस्त हुन्छन् ।

  • प्याकुरेलको कथा सङ्ग्रह ‘झुल्या कागत’ विमोचन

    काठमाडौं चैत २५ – कथाकार प्रमोद प्याकुरेलको पहिलो कथा सङ्ग्रह ‘झुल्याकागत’ विमोचन भएको छ ।

  • राजा सिद्धीनरसिंह मल्लले लेखेका गीतको एल्बम सार्वजनिक

    काठमाडौं, चैत २४ – राजा सिद्धीनरसिंह मल्लले लेखेका ३६ वटा गीत संग्रहित गीति एल्बमको शनिबार लोकार्पण गरिएको छ ।

  • कुहिराे

    मैले लगाएको चोट खप्न नसकेर आमा मैलो मजेत्रोले अाँसु पुछ्नुहुन्थ्यो । क्षयरोग सर्ने डरले व्यथा किटान भएदेखि नै आमाका लुगाहरूसम्म कसैले धुने आँट गरेनन् । सानै उमेरदेखि मेरो स्वभाव एकलकाटे थियो । साथीहरू कोहीसँग पनि घनिष्ट सम्बन्ध बनाउन सकिनँ मैले । मैले भनेको कुरामा साथीहरू असहमत हुँदा पटक पटक सिँगौरी खेलेको छु मैले ।

  • कम्युनिस्ट हुन रक्सी पिउँदा‍...

    प्रतिदिनजस्तै भेट्ने, एउटा न एउटा कार्यक्रममा लैजाने, भाषण गर्न लगाउने, पुस्तक पढ्न दिने, रेस्टुराँमा लगरे ख्वाउने, अनि आत्मीयता प्रदर्शन गरेर वशीभूत पार्ने प्रयास गरिरहनुहुन्थ्यो । तर कतिपय कुरामा मेरो आफ्नै तौरतरिका र अडान रहन्थे । कहिलेकाहीँ तर्क गरेर उहाँका कुरा काट्ने, केही शास्त्रीय विचारका अडान राख्ने गर्दथेँ । पतलुन लाउँदैनथेँ, मदिरा पिउँदैनथेँ

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया