MENU

विचार/अनुभूति

बाघ र चितुवालाई काखमा राखेर हुर्काउँदा

काठमाडौं, पुस ४ –

मेरो नाम निलकुमारी जोन्छे । चिडियाखानामा काम गर्न थालेको ३५ वर्ष भइसक्यो । यहाँ रहेका जनावरलाई हेरचाह गर्नुपर्छ । बच्चा जन्मिए भने स्याहानुपर्छ । चिडियाखानामै जन्मिएको एउटा बाघ अहिले ठूलो भइसकेको छ । उसलाई मैले नै हुर्काएको हो ।

बाघको बच्चा जन्मिँदा उसलाई आफ्नै छोराछोरीलाई झैं काखमा राखेर हुर्काएको याद अहिले पनि ताजै छ । बिरामी छ कि छैन, राम्रो खाएको छ कि छैन भनेर निकै ध्यान दिन्थें । झोक्राएर बस्यो भने टेन्सन हुन्थ्यो । एकदम मायाले हुर्काएको हो ।

बच्चा हुँदा बाघले मासुभन्दा दूध खान्थ्यो । उसको माउको दूधले पुग्दैनथियो । बोतलको दूध खुवाउनुपथ्यों । आमासँग छुट्याएर मैले उसलाई बोतलको दूध खुवाउँथें । । तातो चिसो मिलाएर खुवाउँथे । बाघ, चितुवा, हुँडार धेरै जनावर हुर्काएको छु, स्याहार गरेको छु ।

पहिलोपटक बाघको बच्चालाई हुर्काउँदैछु भन्ने सुन्दा झसँग त भएको भएँ । अनि पछि उसँग चल्दा चल्दा, घुलमिल हुँदा हुँदा केही डर नै लागेन । काखमा लिँदै, दूध खुवाउँदै हुर्काएको । म्वार्इं पनि खाएँ नि, किन नखानु ? 

मैले बाघको बच्चा हुर्काएको बेलामा मेरा आफ्ना छोराछोरी सानै थिए । छोरो ८ वर्षको थियो । घर पुग्दा उसले सोध्यो– ममि तपाईं दिनभर बाघको बच्चा खेलाएर आउनुहुन्छ । मेरो माया बढी लाग्छ कि उसको भनेर । अनि मैले भनें–पहिलो प्राथमिकता उसलाई दिन्छु, अनि तिमीलाई । 

अनि छोरोले फेरि प्रश्न ग¥यो–किन त्यस्तो ? आफ्नो छोरो पो ठूलो हुन्छ । अनि मैले भनें–उनीहरुलाई राम्रो स्यहार गरेबापत पाउने पारिश्रमिकले तिमीलाई हुर्काउनुपर्छ । त्यसैले पहिले उसको माया बढी लाग्नुपर्छ ।

मेरो कुरा सुनेर छोरो पनि खुशी भयो, मामुले राम्रो उत्तर दिनुभयो भन्यो त्यो उमेरमा पनि । 

मैले हुर्काएको बाघको बच्चा ठूलो भएपछि पनि मलाई चिन्थ्यो । चितुवाले पनि चिन्छ । हामीलाई कन्याउन दिन्छ । आक्रमण गर्दैन । 

उसलाई बच्चादेखि हुर्काएको । वरपर जानासाथ हामीलाई ड्रेसले पनि चिन्छ । बोलाउने बित्तिकै खुरुरु दौडिएर आउँछ । अनि हामीलाई पनि बढी माया लाग्छ । आफैले हुर्काएकाले होला । के मन पराउँछ, त्यो दिएमा खुशी भएर खान्छ । उनीहरुसँग खेलेर बस्दा निकै रमाइलो लाग्छ ।   

सानोमा बाघ मेरो काखमै समेत निदाएको छ । कहिलेकाहीँ बाघको खोरमा जाँदा उसलाई देख्छु । आहा मैले हुर्काएको भन्ने सम्झेर आनन्द लाग्छ । उसले त अहिले बिर्सियो होला, किनकी मैले काम गर्ने सेक्सन अहिले अन्तै छ ।  

मलाई त एनिमल मदर अर्थात जनावरको आमा पनि भन्थे पहिला । यसरी चिनाउन पाउँदा मलाई खुशी लाग्छ । हिसाब गर्दा त मेरो ५, ६ सय भन्दा धेरै छोराछोरी होलान् । घरमा भन्दा धेरै चिडियाखानामा ।

अनि मलाई के लाग्छ भने थालीमा टन्न फूल अक्षता राखेर मलाई धर्म हुँदैन । जनावरको स्याहार गरे पो धर्म हुन्छ । किनकी यिनीहरु मागेर खान सक्दैनन् नि । उनीहरुलाई के चाहिन्छ भन्ने बुझेर राम्ररी खान दिन सके, बिरामी हुँदा उपचार गरेर निको पार्न सके पो धर्म हुन्छ ।

........................................................................................

मेरो नाम मैया कपाली । चिडियाखानामा काम गर्न थालेको १२ वर्ष भयो । म पनि चिडियाखानामा जनावरको हेरचाह गर्ने काम गर्छु । निलकुमारी दिदीले जस्तै जनावरको बच्चालाई स्याहार्नुपर्छ । तर मैले बाघको बच्चा चाहिँ हुर्काएको छैन । म आउँदा यहाँ जन्मेको बाघ ठूलो भैसकेको थियो । निलकुमारी दिदीले हुर्काउनुभएको । मैले अरु जनावरका बच्चा हुर्काएको छु ।

दुईवटा चितुवा पनि हुर्काएँ । बाहिरबाट उद्दार गरेर ल्याइएको बच्चालाई दूध खुवाएर हुर्काएको हो । पहिले बोतलको दूध दिएँ । पछि मासु किमा गरेर खुवाएँ । नुवाईदिने पनि गर्थें । आफ्नो बच्चालाई भन्दा पनि धेरै माया गरेर हुर्काएको हो नि । बिरामी हुँदा पनि चिन्ता लाग्ने । उसँगै खेल्ने गथें । खेलाउँदा खेलाउँदै उ ठूलो भयो । अहिले पनि सिम्बा भनेर बोलाउँदा चितुवाले चिन्छ । उसको नाम सिम्बा हो । बोलायो भने हेर्छ । हातले इशारा गरेर बोलाउँछ । 

खेलाउँदा खेलाउँदै डर नै भएन । पछि लंगुरको बच्चा पनि आयो । उसलाई पनि उसैगरी काखमा राखेर हुर्काएँ । बोतलको दूध खुवाएँ । बिरामी होला कि भनेर निकै ख्याल गरें । बोलाउने बित्तिकै खुरुरु दौडिएर आउँछ र खुट्टाले अँठ्याएर काखमा टाँसिन्छ । काखमै पनि कतिपटक निदाएको छ । 

त्योबेला छोराछोरी सानै थिए । तर उनीहरुको भन्दा बढि स्याहार जनावरको बच्चाको गर्नुपथ्र्यो । छोराछोरी बिरामी हुँदा पनि उनीहरुलाई औषधी उपचार गरेर फेरि जनावरको बच्चा स्याहार गर्न पुगिहाल्छु । उनीहरु पनि बुझ्ने छन् । तपाईं अफिस जानुस् जनावरका बच्चा भोकाए होला, हामी त खाइहाल्छौं नि भन्छन् । 

 

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • विचरा बोर्डिङका विद्यार्थी : जेलसरी जिन्दगी, व्यवहारिक ज्ञान शून्य

    ९८ प्रतिशत ल्याएर पास गरिरहेको छोरोलाई घर परिवारलगायत व्यवहारिक पक्ष केही पनि थाहा हुँदैन । थाहा होस् पनि कसरी उसलाई परिक्षामा कसरी प्रतिशत बढाउने फर्मुला बाहेक अरु केही सिकाइएन। सबै किताबका फर्मुला कण्ठ बनाइयो तर उसलाई जिन्दगीको फर्मुला कहिल्यै सिकाइएन।

  • संस्कृतभाषा र धर्म–संस्कृति–शिक्षाका बालपाठ्यपुस्तक

    वर्तमान परिस्थितिमा नयाँ पुस्तामा धार्मिक–साँस्कृतिक जागरणको आव¬श्यकता अनुभव गरेर लामो समयदेखि संस्कृत भाषाको र वैदिक हिन्दु धर्म–संस्कृतिको अध्ययन, मनन, आचरण र प्रचार–प्रसारमा संलग्न हुँदै आएको स्वाद्ध्यायशाला¬कुटुम्ब यसतर्फ अग्रसर भैरहेको छ ।

  • भर्ना अभियानको तामझाम : गुणस्तर सुधारमा किन जाँदैन ध्यान ?

    भर्ना अभियान बिगतमा पनि हामीले हेरेकै हौँ । अहिले पनि त्यसलाई निरन्तरता दिन खोजिएको छ । हरेक वर्ष सरकारी निकायबाट तामझाम देखाउने क्रम यो वर्ष पनि चलेकै छ । तर विद्यार्थी सामुदायिक विद्यालयमा किन आएनन् ? कसरी विद्यार्थीलाई आकर्षण गर्ने ?

  • एमाले–माओवादी एकता : मासिने पालो अब कसको ?

    भारतले नमिलाइदिएसम्म एक अर्काका शत्रु रहेका एमाले र माओवादी मिलाप भएर तालमेल गरेर चुनावमा जाँदा कांग्रेस सकियो । यी दुई कम्युनिष्ट जोडिएर एउटै पार्टी बनाउने क्रम चल्दैछ यस बेला ।तर एउटा शक्ति अर्का विरूद्ध प्रयोग भएर क्रमै सँग एक–अर्कालाई मास्ने विदेशी दाउ रोकिएको छैन नेपाली राजनीतिमा ।प्रश्न बाँकी छ, मासिने पालो अब कसको ?

  • ०७५ मा छुकछुके रेल, मेलम्चीको भेल र क्रिकेट खेल

    सुखसँग दुःख गर्नु र दुःखमा पनि दुःख पाउनुमा आकाश पातालको फरक छ । दुःख गरेअनुसार फल मिल्यो भने त्यो दुःख पनि सुख हुन्छ । तर दुःखमा बगेको पसिना बालुवामा पानी खन्याए जस्तो भयो भने दुःखमाथि दुःख मात्रै हुन्छ । बितेका धेरै वर्षमा धेरैलाई यस्तै भयो । दुःखमाथि भुक्तमान, सास्तीमाथि सकस ।

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया