MENU

विज्ञान प्रविधि

Ncell Axiata
sagun

रसुवाको तीन गाविसमा टेलिकमको थ्रिजी सेवा

रसुवा, पुस ५ – रसुवाको तल्लो भागको तीन वटा गाविसमा नेपाल टेलिकमले थ्रिजी सेवा सुरू गरेको छ । यसअघि सदरमुकाम धुन्चेमा मात्र सञ्चालन भैरहेकोे थ्रिजी सेवा मंगलबारदेखि जिल्लाको धैबुङ, भोर्ले र लहरेपौवामा सेवा सुरु गरेको हो । 

जिल्लाको जिवजिवेमा मोवाइलको विटिएस टावर निर्माण गरेर टेलिकमको थ्रिजी तथा जिएसएम सेवा सुचारु भएसँगै जिल्लाको धैबुङ, भोर्ले र लहरेपौवा गाविसका टेलिकमका जिसिएम मोवाइल प्रयोगर्तालाई सहज भएको छ ।  यसअघि मोवाइल टावर निमार्ण नहुँदा सेवाग्राहीलाई समस्या भएको थियो । 

नेपाल टेलिकम रसुवाका प्रमुख जनक डाँगीकाअनुसार मोवाइलको विटिएस टावर जिल्लाको कालिकास्थान, यार्सा, डाँडागाँउ र राम्चेमा निर्माण कार्य सुरू भैसकेको छ । एक महिनाभित्रमा राम्चेको टावर सञ्चालनमा आउने भएको छ । अर्को वर्ष धार्मिकस्थल गोसाइकुण्डमासमेत मोवाइल टावर विस्तार गरिने डाँगीले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Joktantra
पछिल्ला समाचारहरु

सोसल मिडिया